News Category 2075/04/05

घुस लिँदा लिँदै कर्मचारी पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ४ साउन । 
अख्तियारको टोलीले सेवाग्राहीसँग ७० हजार नगद घुस लिएको भन्दै सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका एक कर्मचारीलाई पक्राउ गरेको छ ।
गाउँपालिकाको राजविराज ५ स्थित सम्पर्क कार्यालयवाट भौतिक पुर्वाधार तथा योजना शाखाका सहायक कर्मचारी राजकुमार मण्डललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीस्थित सम्पर्क कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो ।
टोलीका प्रमुख शाखा अधिकृत उमेश अधिकारीले मण्डलको साथवाट घुस वापत लिएको नगद ७० हजार वरामद भएको जानकारी दिएका छन् । सो गाउँपालिका वडा नं. ३ सकरपुरामा उपभोक्ता समिति मार्फत सडक ग्राभेलको काम सम्पन्न पश्चात् अन्तिम भुक्तानी दिने बेला सामाजिक परिचालक समेत रहेका मण्डलले उपभोक्ता समितिका पदाधिकारीबाट कमिसन वापत उक्त रकम लिएको अख्तियारका अधिकृत अधिकारीले बताए ।
यता पक्राउ परेका मण्डलले अख्तियारको आरोपको खण्डन गर्दै निर्माण कार्य गर्दै गरेका बेला उपभोक्ता समितिका सकरपुरा निवासी केशरी सिंहलाई दिएको ऋण फिर्ता लिएको दावी गरेका छन् ।
अख्तियारको टोलीले शुक्रबारै मण्डललाई आवश्यक मुचुल्का तयार गरे पश्चात् अनुसन्धानका लागि ईटहरीस्थित सम्पर्क कार्यालय लगेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट