News Category 2075/05/21

३ हजार ४ सय बोईलर कुखुराको चल्ला बरामद

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २० भदौं । 
सप्तरीको बलान बिहुल गाउँपालिका ३ टिकुलियामा भारतबाट नेपाल तर्फ अबैध रुपमा भित्रियाईएको ३ हजार ४ सय बोईलर कुखुराको चल्ला प्रहरीले बरामद गरेको छ । 
प्रहरी चौकी मौवाहा मल्हनियाबाट गस्ती खटेको प्रहरी टोलिले मंगलबार राती ती कुखुराको चल्ला बरामद गरेको हो । 
सप्तरी बोधेबर्साईन नगरपालिका ५ बस्ने अशोक कुमार साहलाई ६० वटा कार्टुनमा ३ हजार ४ सय सय कुखुराका चल्लासहित प्रहरीले नियन्त्रणमा लिएको छ । 
यता नियन्त्रणमा लिइएको साह र झण्डै एक लाख १९ हजार मुल्य पर्ने बुखुराका चल्लाहरुलाई आवश्यक कारबाहीका लागी राजबिराज भन्सार कार्यालय तिलाठीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट