News Category 2075/06/04

फोरमले औपचारिक रुपमा मनाएन संविधान दिवस

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३ असोज । 
जारि संविधानप्रति असन्तुष्ट रहेको अर्को दल संघीय समाजवादी फोरम नेपालका नेता कार्यकर्ताहरुले बुधबार संविधान दिवसमा सहभागिता जनाएन । तर, उनीहरुले कालो दिवस समेत मनाएनन् । यद्दपी राजपाले संविधानप्रति असन्तुष्टि जनाउँदै मनाएको कालो दिनको कार्यक्रममा फोरमका नेता कार्यकर्ताहरुले सांकेतिक रुपमा सहभागिता जनाएका छन् । 
असोज ३ मा संविधान दिवस मनाउने की कालो दिवस भन्ने विषयमा प्रदेश र केन्द्रबाट दुई किसिमको निर्देशन आएपछि अन्यौलमा परेका फोरमका स्थानिय नेता तथा कार्यकर्तालाई अघिल्लो दिन मंगलबार यहाँ आइपुगेका फोरम अध्यक्ष उपेन्द्र यादवले ३ असोजलाई संविधान दिवसको रुपमा मनाउने बेला नभएको तथा कालो दिवस पनि मनाउने अवस्था नआइसकेको बताएपछि फोरम नेता कार्यकर्ता अलमलमा परि खुला रुपमा सहभागि भएनन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट