News Category 2075/06/05

अनिश्चित्कालिन यातायात बन्दका कारण सर्वसाधारण मर्कामा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ४ असोज । 
सवारी चालकहरुले सवारी ऐन सच्याउन माँग गर्दै तीन दिनदेखी गरेको अनिश्तिकालिन सार्वजनिक आवागमन ठप्प पारेका कारण यात्रु तथा सर्वसाधारणलाई सास्ती व्यहोर्नु परेको छ ।  लगातार तेश्रो दिन बिहीबार पनि यातायात ठप्प रहँदा जिल्लाको जनजिवन कष्ठकर बनेको छ । अनिश्चितकालिन बन्दका कारण यात्रुबाहक बस, माइक्रो, म्याजिक, मालवाहक ट्रकले सेवा दिन बन्द गरेपछि यात्रु आवागमनदेखी ढुवानी सेवा समेत ठप्प भई सर्वसाधारण मारमा परेका छन् । 
सरकारले जारि गरेको सवारी ऐन चालक मैत्री नभएको भन्दै नेपाल स्वतन्त्र यातायात मजदुर संगठन नगर कमिटि राजविराजको अगुवाईमा बिहीबार चालकहरुले बिरोध प्रदर्शन समेत गरेका छन् । 
सरकारले जारि गरेको ऐन त्रृटीपूर्ण भएको भन्दै सो नसच्याएसम्म सार्वजनिक आवागमन बन्द कार्य जारि रहने कमिटिका अध्यक्ष भोलाप्रसाद यादवले बताए । 
यता ढुवानी सेवा ठप्प भएपछि बजारमा उपभोग्य सामाग्रिको मुल्य आकाशिएको छ भने ग्रामिण क्षेत्रबाट उपचारका लागि सदरमुकाम आउने बिरामी र उनका आफन्त झनै समस्यामा परेका छन् । 
बन्दकर्ताले एम्बुलेन्सलाई बन्दबाट अलग राखेपनि चर्को भाडाका कारण विपन्न समुदायका बिरामीलाई समस्या परेको छ । फाँटफुट रुपमा चल्ने सिटी रिक्सा, ग्रामिण क्षेत्रको खराब बाटोमा पुग्न नसक्ने र पुगेपनि चर्को भाडा माग्ने गरेको बिहीबार रुपनी गाउँपालिका २ रायपुरबाट सिटी रिक्सा रिजर्भ गरि आमा सकुन्तलालाई उपचारका लागि स्थानिय गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल ल्याएका राजिव कुमार यादवले दुःखेसो पोखे ।
यसैबीच यातायात नचल्दाको मौका छोपी काठमाडौं–राजविराज रुटमा उडान भर्ने श्री एयरलायन्सले पनि भाडामा अत्याधिक बृद्धि गरि यात्रुलाई मारमा पारेको स्थानियको गुनासो छ । ३ हजार ७ सय न्यूनतम भाडा राखेको सो एयरलायन्सले अहिले ५ हजार १ सयदेखी ६ हजार २ सयसम्म भाडा कायम गरि यात्रुलाई आर्थिक भार थुपारेको स्थानिय मिथिलेश यादवले बताए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट