News Category 2070/03/05

व्यवसायिक प्रमाणपत्र बिना पेडाको प्यापार

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ४ असार ।
पेडाका लागि प्रसिद्ध मानिएको सप्तरीको बरमझियाका अधिकांस पेड व्यवसायी अवैधानिक रुपमा व्यापार गर्दै आएको पाइएको छ ।
मंगलबार गरिएको अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको हो । सहायक प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीको नेतृत्वमा खटिएको अनुगमन टोलीले बरमझियाका पेडा व्यवसायीहरु व्यवसायिक प्रमाण पत्र बिना व्यापार गरिरहेको फेला पारेको छ ।
‘अनुगमनका क्रममा अधिकांस पेड व्यवसायीसँग व्यवसायिक प्रमाण पत्र फेला परेन’ सहायक प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले भन्नुभयो, ‘‘त्यस्ता व्यापारीमाथि कार्वाहीको प्रकृया अगाडि बढाइएको छ ।’’
उहाँका अनुसार बरमझियाका ३३ पसलको अनुगमन गरिएकोमा अधिकांससँग व्यवसायिक प्रमाण पत्र थिएन् ।
पेडा पसलहरुमा मदिरा पनि बिक्री भइरहेको पाइएको र कम तौलमा बिक्री गर्ने दुई पसलको तराजु नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।
सहायक प्रजिअ नेतृत्वको अनुगमन टोलीले भारदहदेखि रुपनीसम्मको पेट्रोल पम्पको अनुगमन समेत गरेको छ । त्यस क्रममा कंचनपुर ४ स्थित पेट्रोल पम्ममा १० लिटरमा २० मिलिलिटर कम बिक्री गर्ने गरेको पाइएको छ ।
यस्तै रुपनीस्थित भगत आयल ट्रेडर्स बन्द गरी सोही पम्पभित्र बोतलमा तेल बिक्री गरिरहेको पाइएको सहायक प्रजिअ गिरीले जानकारी दिनुभयो । उहाँले यस्ताहरुमाथि पनि कार्वाही प्रकृया अगाडि बढाइएको बताउनुभयो ।
अनुगमन टोलीमा सहायक प्रजिअसहित नापतौल तथा गुणस्तरीय कार्यालयका प्रतिनिधी, सप्तरी उद्योग बाणिज्य संघका प्रतिनिधी, घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारीसहितको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट