News Category 2075/07/25

एक दिने सफाईले जलाशय सफा हुँदैन्, नियमित सफाईप्रति ध्यान पुगोस्

दैनिक समाचारदाता

    छठ पर्वको अवसरमा अहिले विभिन्न जलाशयहरुको सरसफाई धमाधम भइरहेको छ । जलाशयहरुमा वर्षभरीको जम्मा भएको फोहरहरु निकालेर सफा गर्न अहिले सबै लागिपरेका छन् । छठ पर्व जलाशयहरुमै हुने गरेकोले सरसफाई गरिँदै छ । कम्तिमा छठ पर्वको नाममा जलाशयको सफाई त भइरहेको छ । यता कुनै पनि पर्वको नाममा मात्र जलाशयको सफाई हुनु कतै न कतै बेइमानी जस्तो देखिन्छ । सरसफाई दैनिकी गर्ने कुरा हो । हामी जसरी दैनिक रुपमा शरीरदेखी घर, आङन, टोल, सडक सफाई गर्छौ त्यस्तै नै जलाशयहरुलाई सफाई गर्न सकियो भने अहिले जति महिनेत गर्दैछौं त्यती महिनेत पक्कै गर्नुपर्दैैनथ्यो होला । 
    हो, सरसफाई दैनिकी जिवनको एउटा नियमित कार्य हो । यसलाई जति ध्यान दियौं भने त्यती नै निरोगि हुइन्छ । तर, नानीदेखी लागेको बानी त्यतीकै जाँदैन् । सरकारदेखी सरोकारवाला, स्थानिय निकाय लगायतले सरसफाईप्रति गम्भिर बन्दै गएको छ । तर, जति गम्भिर बने पनि मानिसले वेवास्ता पनि त्यती कै नै गरिरहेको देखिन्छ । मात्र शरीर र घर सफा गरे निरोगी बनिदैन् । जसरी अहिले छठ पर्वका लागि जलाशयहरुको सरसफाई गरिदैछ हो, त्यसरी नै सबैले आफ्नो दायित्व बुझेर सरसफाईमा ध्यान दिन सकिए भने आज जतिको महिनेत गर्न पर्दैन् । 
    एक दिन सरसफाई गरेर नपुग्ने भएकोले विभिन्न जलाशयहरुलाई नियमित सरसफाई गर्न सकियो भने पक्कै नै जलाशयहरु सधैं सफा रहन्छ । तसर्थ यसका लागि सम्पूर्ण सरोकारवाला निकाय, व्यक्तिहरुले यसप्रति सचेत हुन छठ माताले सद्बुद्धि दिओस् भनी कामना गर्दछौं । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट