News Category 2070/10/14
रायपुरका टुहुरा बालबालिकालाई आर्थिक सहयोग जुट्दै
दैनिक संवाददाता
राजविराज, १३ माघ ।
बुबा आमा गुमाएका सप्तरीको नकटी रायपुर गाविसका सातजना टुहुरा बालबालिकाहरुलाई बिभिन्न संघसंस्था तथा ब्यक्तिहरुले सहयोग प्रदान गर्दै आएका छन् । यसैक्रममा सोमवार आमा बुवा गुमाएका ती बालबालिकालाई काठमाण्डौको धापासी ग्रिनल्याण्ड निवासी माया शेर्पाले जिल्ला प्रहरी कार्यालय सप्तरीमार्फत पठाएको नगद रु. ५० हजार प्रदान गरिने सप्तरीका प्रहरी उपरिक्षक दिनेश अमात्यले जानकारी दिनुभयो ।
सप्तरीको रायपुर गाविस ६ निवासी ३२ वर्षिय राजकुमार यादव र उनकी २५ वर्षिया श्रीमती शिलादेवी यादवको मोटरसाइकलको ठक्करबाट यही पुस २० गते मृत्यु भएपछि निजका सात जना सन्तानहरुको कन्तबिजोक भएको समाचार सार्वजनिक भएपछि बिभिन्न पक्षबाट सहयोग जुट्ने क्रम बढ्ेको हो ।
यसअघि माघ ५ गते टुहुरा ती बालबालिकाहरुलाई मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका सभासद् डा. बाबुराम पोखरेलले आर्थिक सहयोग स्वरुप नगद रु. ३० हजार प्रदान गर्नुभएको थियोे ।
यस्तै गतसाता मात्र मृतक यादव दम्पतिलाई ठक्कर दिने मोटरसाईकल चालक बिराटनगर उपमहानगरपालिका ११ निवासी शंकर बस्नेतले मृतका सातजना सन्तानको लालनपालन र शिक्षाका लागि नगद रु. ३ लाख ५० हजार सहयोग प्रदान गरेको थियो ।
यता स्थानियहरुको सहयोगमा टुहुरा बालबालिकाहरुलाई सहयोगार्थ रकम जुटाउन राजविराजस्थित सनराइज बैंकमा खाता खोलिएको छ ।
मृतक यादवकी जेठी छोरी दुर्गा यादव र माइली छोरी दिपिकाको नाम खोलिएको उक्त बैंकको खाता नम्बर ०२४१०२३३६८९०१८ मा सहयोग स्वरुपको रकम जम्मा गरिदिन सबैसँग पीडित परिवारले आग्रह गरेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रायपुर गाविस ८ अन्तरगत रुपनीस्थित खाँडो खोलामा पुस २० गते साँझ बिराटनगरबाट आइरहेको ना.२०प. ६५६४ नम्बरको मोटरसाइकलले साइकलमा सवार यादव दम्पत्तिलाई पछाडीबाट ठक्कर दिँदा उनीहरुको मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/15 पडेमारा अग्निपीडितलाई मन्त्री लेखीद्वारा आर्थिक सहयोग
- 2081/01/14 माओवादी केन्द्र सप्तरीको जिल्ला अध्यक्षमा रजक चयन
- 2081/01/14 सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
- 2081/01/12 हातहतियार राख्न इजाजत पत्र व्यक्ति वा संघसस्थालाई ३५ दिनभित्र अनिवार्य उपस्थित हुन आदेश
- 2081/01/12 लोहजरा दहमा पत्रकार महासंघको साधारण सभा हुने
- 2081/01/11 प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन समितिका सदस्यमाथी कारवाहीको माग
- 2081/01/11 बार एशोसिएसनको पहिलो तल्लाको शिलान्यास
- 2081/01/11 महिला हिंसा रोक्न सबै एकजुट हुनु पर्छ ः उपाध्यक्ष
- 2081/01/10 सप्तरीको परेमारामा भिषण आगलागि, १२ परिवारको २४ घर जल्यो
- 2081/01/10 जैन धर्मका अनुयायीले सम्झिए भगवान महाविर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ