News Category 2070/10/22

दुव्र्यवहार गर्ने सईमाथि कार्वाही नभए पत्रकारहरु धर्नामा बस्ने

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २१ माघ । 
पत्रकारहरुमाथि दुव्र्यबहार गर्ने प्रहरी नायव निरीक्षक रामनारायण यादवलाई दुई दिनभित्र कार्वाही नगरे क्रान्तिकारी पत्रकार संघ र मधेशी पत्रकार समाज सप्तरी प्रहरी कार्यालय अगाडी धर्ना बस्ने जनाएको छ । 
क्रान्तिकारी पत्रकार संघ सप्तरीका अध्यक्ष राजु विश्वकर्मा र मधेशी पत्रकार समाज सप्तरीका अध्यक्ष शैलेन्द्र सिंहले मंगलवार संयुक्त प्रेस बिज्ञप्ती जारी गरि पत्रकारहरुमाथि दुव्र्यवहार गर्ने सईमाथि कार्वाहीको माग गरेका छन् । 
दुई दिनभित्र सई यादवलाई कुनै किसिमको कार्वाही नगरिए संयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय सप्तरीको मूल गेटमा धर्ना बस्ने बिज्ञप्तीमा उल्लेख छ । 
गत पुस २१ गते राति संचारकर्मी सतिश दत्तमाथि दुव्र्यबहार गर्दै सई यादवले रातभर थुनामा राखेको घटनाप्रति ध्यानाकर्षण गराउँदै सई यादवमाथि कार्वाहीका लागि पटक पटक माग गर्दा समेत वेवास्ता गर्दै आएको बिज्ञप्तीमा उल्लेख छ । 
यसअघि पनि गत मंसिर ८ गते को. बर्साइन गाविसमा भइरहेको दोस्रो निर्वाचनको रिपोर्टिङ्ग गर्न गइरहेको समयमा सई यादवले पत्रकारद्वय शैलेश कर्ण र आमेन्द्र यादवलाई बिना कारण गालीगलौज गर्दै दुव्र्यबहार गरेका थिए बिज्ञप्तीमा भनिएको छ–‘‘संचार सम्बद्ध संघ–संगठनले बारम्बार सई यादवमाथि कार्वाहीको माग गर्दै आएपनि जिल्ला प्रहरी प्रमुखसहितका सम्बन्धित निकायले कुनै किसिमको ध्यान नदिंदा हामी दुःखित भएका छौं ।” 

प्रतिकृया दिनुहोस

ताजा अपडेट