News Category 2070/10/23
पत्रकार दत्तमाथि भएको दुव्र्यवहार बिरुद्ध महासंघद्वारा आन्दोलनको घोषणा
दैनिक संवाददाता
राजविराज, २२ माघ ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाले पत्रकार सतिश कुमार दत्तलाई दुव्र्यवहार गर्ने प्रहरी निरीक्षक र प्रहरी नायव निरीक्षकमाथि कार्वाहीको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
महासंघले २४ घण्टे अल्टिमेटमसहित सप्तरीका प्रमुख जिल्ला अधिकारी रामाधिन यादवलाई ज्ञापनपत्र बुझाउँदै यही माघ १० गतेदेखि आन्दोलनको घोषणा गरेको हो ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक किरण गुरुङ र प्रहरी नायव निरीक्षक राम नारायण यादवले महासंघका कार्यसमिति सदस्य दत्तलाई गत पुस २३ गते राति बिना कसुर नियन्त्रणमा लिएर थुनामा राखि शारिरीक र मानसिक यातना दिएको भन्दै ज्ञापनपत्रमा प्रहरी निरीक्षक गुरुङ र प्रहरी नायव निरक्षक यादवमाथि २४ घण्टाभित्र कार्वाही नभए आन्दोलनमा उत्रिन बाध्य हुने जनाएको छ ।
प्रनानि यादवले बिगतमा पनि पत्रकारद्वय शैलेश कर्ण र आमेन्द्र यादवलाई दुव्र्यवहार गरेको र ती घटनाहरुको बारेमा प्रहरी प्रमुख एसपी दिनेश अमात्यलाई कार्वाही गर्न आग्रह गर्दा पनि बेवास्ता गर्दै महासंघको अबमुल्यन गरेकाले बाध्य भई आन्दोलनमा उत्रिन बाध्य भएको भन्दै ज्ञापनपत्रमा २४ घण्टाभित्र उहाँहरुमाथि कार्वाही नभए माघ २४ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना बस्ने ज्ञापनपत्रमा उल्लेख छ । साथै महासंघले आन्दोलनमा पत्रकारका सबै संस्थाहरुलाई सहभागि हुन आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/14 माओवादी केन्द्र सप्तरीको जिल्ला अध्यक्षमा रजक चयन
- 2081/01/14 सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
- 2081/01/12 हातहतियार राख्न इजाजत पत्र व्यक्ति वा संघसस्थालाई ३५ दिनभित्र अनिवार्य उपस्थित हुन आदेश
- 2081/01/12 लोहजरा दहमा पत्रकार महासंघको साधारण सभा हुने
- 2081/01/11 प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन समितिका सदस्यमाथी कारवाहीको माग
- 2081/01/11 बार एशोसिएसनको पहिलो तल्लाको शिलान्यास
- 2081/01/11 महिला हिंसा रोक्न सबै एकजुट हुनु पर्छ ः उपाध्यक्ष
- 2081/01/10 सप्तरीको परेमारामा भिषण आगलागि, १२ परिवारको २४ घर जल्यो
- 2081/01/10 जैन धर्मका अनुयायीले सम्झिए भगवान महाविर
- 2081/01/10 छिन्नमस्ता गाउँपालिकाद्वारा सशस्त्र प्रहरीको मेस भवन निर्माण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ