News Category 2076/03/03

रुपनी र डाक्नेश्वरी बिजयी

दैनिक समाचारदाता

रुपनी र डाक्नेश्वरी बिजयी

दैनिक समाचारदाता
राजविराज, ३ असार । 
    राजविराजमा जारि दोश्रो मेयर कप सप्तरी प्रिमियर लिगको मंगलबार सम्पन्न खेलहरुमा रुपनी राइडर्स र डाक्नेश्वरी ड्रागन बिजयी भएका छन् । 
    महबुब आलम कप्तान रहेको रुपनी राइडर्सले तिलाठी कोइलाडीलाई ५ विकेट र पुष्प थापा कप्तान रहेका डाक्नेश्वरी ड्रागनले बोदेबर्साइनलाई ७ विकेटले पराजित गरेको हो । 
    वर्षाका कारण मैदान भिजेकोले ५ ओवरको खेल खेलाइएको थियो । पविमावि खेल मैदानमा सम्पन्न पहिलो खेलमा टस हारेर ब्याटिंङ गरेको रुपनी राइडर्सले निर्धारित ५ ओभरमा ८ विकेट गुमाएर ३२ रनको योगफल तयार पारेको थियो । 
    रुपनीका लागि महबुब आलमले १० रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । बलिङतर्फ तिलाठी कोइलाडीका बलर अनिल यादबले ३ विकेट, रोहित सिंहले २ विकेट तथा कमल ओलीले १ विकेट लिएका थिए ।
    सो लक्ष्य पछ्याउँदै तिलाठी कोइलाडीले बिना विकेटको नोक्सानीमा ५ ओवरमा मात्र २७ रन बनाउन सफल भयो । जसमा सुनिल धमला र कप्तान रोहन बिक क्रमशः ११ र १२ रन बनाएर अविजित रहे पनि जित खेल जित्न सकेनन् । 
    यता रुपनीका बलर गोमानन्द अमात्यले १ ओभरमा मात्र ४ रन, प्लेयर अफ द म्याच चुनिएका अनोज यादबले २ ओभरमा ८ रन तथा सैदुल्लाह अन्सारीले २ ओभरमा १३ रन दिएका थिए । 
    यस्तै दोश्रो खेलमा पहिले ब्याटिंङ गर्दै बोदेबर्साइनले दिएको १ सय १९ रनको लक्ष्य डाक्नेश्वरी ड्रागनले १८ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो ।  
    जसमा बिशाल सुश्लिंगले अविजित ३५ रन बनाएका थिए भने कप्तान पुष्प थापाले अविजित २९ र दिपेश कंडेलले २४ रन बनाएका थिए । यता बलिङमा बोदे बर्साइनका मिनास थापा, ओपन राई र मन्जित श्रेष्ठले १÷१ विकेट लिएका थिए ।
    बोदेका लागि कप्तान मन्जित श्रेष्ठले २४, मुकुन्द यादबले २०, पवन दासले १५ तथा आदर्श यादबले अविजित १७ रन बनाएका थिए । यता डाक्नेश्वरीका बलर चित्र बहादुर थापा, रोबिन सिंह र दिपेश कंडेलले २÷२ विकेट लिएका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट