News Category 2076/03/13
महिला सप्तरी प्रिमियर लिग. सुरुङ्गाद्वारा खडक ८ बिकेटले पराजित
दैनिक समाचारदाता
राजविराज, १३ असार ।
नेपालमै पहिलो पटक महिला सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता शुक्रबारदेखी राजविराजमा सुरु भएको छ ।
राजबिराजस्थित पबिमाबिको क्रिकेट मैदानमा सुरु भएको पहिलो खेलमा सुरुङ्गाले खडकलाई ८ बिकेटले पराजित गरेको छ ।
टस जिती पहिलो ब्याटिङ्ग गर्ने निर्णय गर्दै खडकले निर्धारित २० ओभरको खेलमा ८ बिकेटको नोक्सानीमा ८२ रनको योगफल तयार पारेको थियो ।
८३ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको सुरुङ्गाले उक्त लक्ष्य १९ ओभर १ बलमा २ बिकेटको नोक्सानीमा पुरा गरेका थिए । सुरुङ्गाका लागि रोमा थापाले नटआउट ३४ रन बनाए वापत म्यान अफ दि म्याच घोषित भईन् ।
यसअघि प्रतियोगिताको उद्घाटन सबल नेपालका कार्यकारी निर्देशक दिपक कुमार झाको अध्यक्षतामा तथा राजबिराज नगरपालिकाका नगर प्रमुख शम्भु प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रमको उद्घाटन राजबिराज नगरपालिकाका उपप्रमुख साधना झा, सुरुङ्गा नगरपालिकाका उपमेयर बिन्दा कुमारी पासवान र खडक नगरपालिकाका उप प्रमुख यासमिन सुल्तानले संयुक्त रुपमा क्रमश ः ब्याटिंग, बलिङ र किपिंग गरेका थिए ।
कार्यक्रममा राजबिराज नगरपालिका वडा नं. ५ का अध्यक्ष समिर कुमार झाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम तिलाठिकोईलाडि गाउँपालिका अध्यक्ष सतिश कुमार सिंह, नेपाली सेनाका सेनानी अमर बहादुर थापा, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठ, सिस्का एलइडी कन्ट्री प्रमुख श्यामबावु झा लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/15 पडेमारा अग्निपीडितलाई मन्त्री लेखीद्वारा आर्थिक सहयोग
- 2081/01/14 माओवादी केन्द्र सप्तरीको जिल्ला अध्यक्षमा रजक चयन
- 2081/01/14 सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
- 2081/01/12 हातहतियार राख्न इजाजत पत्र व्यक्ति वा संघसस्थालाई ३५ दिनभित्र अनिवार्य उपस्थित हुन आदेश
- 2081/01/12 लोहजरा दहमा पत्रकार महासंघको साधारण सभा हुने
- 2081/01/11 प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन समितिका सदस्यमाथी कारवाहीको माग
- 2081/01/11 बार एशोसिएसनको पहिलो तल्लाको शिलान्यास
- 2081/01/11 महिला हिंसा रोक्न सबै एकजुट हुनु पर्छ ः उपाध्यक्ष
- 2081/01/10 सप्तरीको परेमारामा भिषण आगलागि, १२ परिवारको २४ घर जल्यो
- 2081/01/10 जैन धर्मका अनुयायीले सम्झिए भगवान महाविर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ