News Category 2070/11/04

पत्रकार झाले दिए राजिनामा

दैनिक समाचारदाता


राजविराज÷नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष तथा केन्द्रिय सदस्य शम्भु कुमार झाले शनिबार महासंघको साधारण सदस्य समेतबाट राजिनामा दिनुभएको छ । 
नेपाल पत्रकार महासंघ शाखा कार्यालय सप्तरीमा शनिबार पत्रकार सम्मेलनमको आयोजना उहाँले राजिनामा दिनु भएको हो । 
विगत २२ वर्षदेखी पत्रकारिता क्षेत्रमा लाग्नु भएका झा आफू अहिलेको समयमा पत्रकारिता भन्दा बढी राजनैतिक क्षेत्रमा सक्रिय भएकोले राजिनामा दिएको जानकारी दिनुभयो । 
२०४८ सालदेखी पत्रकारिता क्षेत्रमा लाग्नु भएका झाले रेडियो नेपाल, गोरखापत्र समेतमा काम गरिसक्नु भएको छ । 
सोही पत्रकार सम्मेलनमा झाले आजैको मितिबाट नेपाल प्रेस युनियनको साधारण सदस्य समेत राजिनामा दिनुभएको घोषणा गर्नुभयो । उहाँ युनियनको संस्थापक शाखा अध्यक्ष समेत हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट