News Category 2076/04/14
ब्राजिलको कारागारमा हिंसात्मक झडप रोकिएन, एकै दिन ५७ जना मारिए
रियो डि जेनेरो, १४ साउन (रासस) सिन्हवा) ।
ब्राजिलको उत्तरी राज्य पारामा रहेको एक कारागारमा भएको दङ्गामा परी मारिने व्यक्तिको सङ्ख्या ५७ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
यस झडपमा परी १६ जनाको तत्कालै मृत्यु भएको र अन्य ४१ जनाको जेलभित्र फैलिएको विषाक्त धुवाँका कारण ज्यान गएको छ । यद्यपि १६ जनाको घाँटी काटिएको थियो भने अन्य ४१ जनाको मृत्यु जेलको एउटा भागमा आगो लगाइएपछि धुवाँमा निसासिएर भएको अधिकारीहरूले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
कारागारभित्र रहेका दुई परस्पर विरोधी समूहबीच भएको हिंसा भड्किएको अधिकारीहरूले जनाएका छन् । पारा प्रान्तको अल्टामिरास्थित जेलभित्रको एउटा भवनमा राखिएका बन्दीले अर्को भवनमा आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । बन्दीको कब्जामा परेका दुई जेल अधिकारीहरूलाई मुक्त गरिएको छ ।
स्थानीय समयानुसार सोमबार बिहान करीब ७ बजे शुरु भएको हिंसा मध्याह्नतिर नियन्त्रणमा आएको अधिकारीहरूले बताएका छन् । हिंसा भड्किएको अल्टामिराको जेलमा १६३ जना कैदी मात्र रहने क्षमताको रहेको, तर सो जेलमा ३४३ भन्दा बढी कैदीहरु रहेका थिए । ब्राजिल सरकारले ४६ जना कैदीलाई तत्काल जेलबाट सार्न आदेश दिएको छ ।
ब्राजिलका जेलहरुमा करीब सात लाख बन्दीहरु रहेका छन् । विश्वमै सबैभन्दा बढी बन्दी रहेका देशहरूमा ब्राजिल तेस्रो हो । त्यहाँ रहेका जेलमा भिडभाड हुने गरेको छ । गत मे महीनामा एकै दिन चार फरक फरक कारागारमा ४० जना कैदी मारिएका थिए । १५ जना कैदी मारिएको भोलिपल्ट पछिल्लो घटना भएको हो ।
सन् २०१७ को जनवरीमा देशका दुई प्रमुख गिरोहबीच विभिन्न जेलहरूमा हिंसामा परी १३० जनाभन्दा बढी कैदी मारिएका थिए । हिंसा र लागुपदार्थसम्बन्धी कारोवार विरुद्धको कारवाहीका कारण केही दशकयता ब्राजिलका जेलमा बन्दीको सङ्ख्या बढेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2078/01/03 प्रधानमन्त्री स्वेच्छाचारी तरिकाले अघि बढीरहेका छन् : डा. कोइराला
- 2078/01/03 हात्तिको आक्रमणबाट एकको मृत्यु
- 2078/01/03 बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
- 2078/01/03 बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु
- 2078/01/03 कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
- 2078/01/02 ज्येष्ठजनसँग आशिष थाप्दै जुडशितल पर्व मनाईयो
- 2078/01/02 चैती छठको तयारी सुरु, आज नुहाई खाई
- 2078/01/01 नयाँ वर्षको अवसरमा लाग्ने दुई मेला प्रशासनको निर्देशनपछि स्थगित
- 2078/01/01 कोरोनाका त्रासकाबीच रमजान सुरु
- 2078/01/01 पाराभेटेरिनरी लाईफस्टक एशोसिएशनको अध्यक्षमा पाण्डे निर्विरोध चयन
अन्तर्राष्ट्रिय समाचार
- 2077/12/31 भारतद्वारा रुसी खोप “स्पुतनिक भी” लाई अनुमति
- 2077/12/13 चीनद्वारा बेलायती नागरिक र संस्थामाथि प्रतिबन्धहरु घोषणा
- 2077/10/21 पाकिस्तानमा खोप अभियान शुरु, चिनियाँ सिनोफार्मको खोप लगाइने
- 2077/10/19 म्यान्मारको सेनाद्वारा देशलाई सैनिक नियन्त्रणमा लिइएको घोषणा, विपक्षी नेताहरु नजरबन्दमा
- 2077/08/15 भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघ्यो