News Category 2076/05/22
अमेरिका–तालिबान वार्ता संकटमा
वासिङ्टन, २२ भदौ (रासस÷एपी) ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा युद्धरत तालिबान र अफगानी नेताहरुसँग यसै सप्ताहान्तमा आयोजना गर्न खोजिएको गोप्य बैठक रद्द गरेको बताउनुभएको छ ।
राष्ट्रपति ट्रम्पले तालिबान समूहले गत साता काबुलमा गराएको कारबम आक्रमणबाट एक जना अमेरिकी सैनिक समेत १२ जनाको मृत्यु भएपछि वार्ता रद्द गरेको बताउनुभएको छ ।
शनिबार ट्वीट गर्दै उहाँले अफगानी विद्रोही समूह तालिबानसँगको शान्ति प्रक्रिया पनि स्थगन गरिएको घोषणा गर्नुभएको छ ।
राष्ट्रपति ट्रम्पको शनिबारको उक्त ट्वीट आश्चर्यजनक मानिएको छ । किनभने राष्ट्रपति स्वयम्ले अफगानी विद्रोही र अरु नेताहरुलाई राष्ट्रपति निवासको भोजमा निमन्त्रणा दिनुभएको थियो । आतंकवादी संगठन अल–कायदाले सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा गरेको भिषण आक्रमणको वार्षिक स्मृति दिवसको पूर्वसन्ध्यामा यो कार्यक्रम आयोजना हुन लागेको थियो ।
अमेरिकामा आक्रमणलगत्तै अल–कायदाका नेता ओशामा बिन लादेन लुकेर बसेको अफगानिस्तानमा अमेरिकाले आक्रमण गरी तत्कालीन तालिबानी सरकारलाई अपदस्थ गरेको थियो । अल–कायदा र तालिबान विरुद्ध सन् २००२ यता भएका कारबाहीका क्रममा अफगानिस्तानमा दुई हजार ४०० भन्दा बढी अमेरिकी सैनिकको ज्यान गइसकेको छ ।
वार्ता रद्द गरेको घोषणापछि राष्ट्रपति ट्रम्पले अफगानिस्तानबाट तत्काल पाँच हजार सैनिक कटौती गर्ने प्रस्ताव पनि अन्यौलमा परेको छ । हाल अफगानिस्तानमा १३ देखि १४ हजार अमेरिकी सैनिक तैनाथ छन् । झण्डै १८ वर्ष अफगानिस्तानमा रहेको अमेरिकी सेनाले हाल अफगानी सेनालाई तालिम, सल्लाह र हवाई सुरक्षा प्रदान गरिआएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/14 माओवादी केन्द्र सप्तरीको जिल्ला अध्यक्षमा रजक चयन
- 2081/01/14 सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
- 2081/01/12 हातहतियार राख्न इजाजत पत्र व्यक्ति वा संघसस्थालाई ३५ दिनभित्र अनिवार्य उपस्थित हुन आदेश
- 2081/01/12 लोहजरा दहमा पत्रकार महासंघको साधारण सभा हुने
- 2081/01/11 प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन समितिका सदस्यमाथी कारवाहीको माग
- 2081/01/11 बार एशोसिएसनको पहिलो तल्लाको शिलान्यास
- 2081/01/11 महिला हिंसा रोक्न सबै एकजुट हुनु पर्छ ः उपाध्यक्ष
- 2081/01/10 सप्तरीको परेमारामा भिषण आगलागि, १२ परिवारको २४ घर जल्यो
- 2081/01/10 जैन धर्मका अनुयायीले सम्झिए भगवान महाविर
- 2081/01/10 छिन्नमस्ता गाउँपालिकाद्वारा सशस्त्र प्रहरीको मेस भवन निर्माण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ