News Category 2070/11/11
छिटो संबिधान निर्माण हुनुपर्ने जरुरी छ ः अध्यक्ष प्रधान
राजविराज÷पुर्वाञ्चल उद्योग बाणिज्य संघका अध्यक्ष किशोर प्रधानले मुलुकको समग्र आर्थिक बिकासको लागि छिटो संबिधान निर्माण हुनुपर्ने बताउनुभएको छ ।
सप्तरी उद्योग बाणिज्य संघको नवकार्यसमितिको सपथग्रहण तथा पदस्थापना कार्यक्रमलाई शनिबार राजविराजमा सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रधानले आर्थिक एजेण्डालाई जोड दिने खालको संबिधान जारी नभएसम्म मुलुकको समग्र आर्थिक बिकासले गति नलिने बताउनुभयो ।
आगामी एक बर्षभित्र संबिधान जारी गर्न सभासद्हरुलाई दबाब दिनुपर्नेमा जोेड दिदै उहाँले अब बन्ने संबिधान आर्थिक मैत्री हुनुपर्ने बताउनुभयो ।
उद्योगी व्यापारीहरुकै करबाट सरकार चलेपनि कुनै पनि सरकारले उद्योगी व्यापारीहरुको समस्यालाई उचित रुपमा सम्बोधन गर्न नसकेको बताउनुभयो ।
कार्यक्रममा सप्तरीका सभासद्हरु अशोक कुमार मण्डल (अमर), उमेश कुमार यादव, मानपुर चौधरी, तेजुलाल चौधरी, रंजित कर्णले सम्पुर्ण सभासद्हरु राजनीति भन्दा माथि उठेर जिल्लाको समग्र बिकासका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले जिल्लामा आउने बजेटहरु सही रुपमा सदुपयोग हुन नसक्दाँ सप्तरीमा बिकासले गति लिन नसकेको बताउँदै संबिधान निर्माणसँगै जिल्लाको बिकासमा सभासद्हरु सँगसँगै अघि बढ्ने उहाँहरुले बताउनुभयो ।
सप्तरी उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष सत्रुधन रौनियारको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादव, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका सत्यनारायण यादव, सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवर, स्थानिय बिकास अधिकारी कृष्ण प्रसाद सापकोटा, सप्तरी उद्योग बाणिज्य संघका पुर्वअध्यक्ष मनोजकुमार मुन्धडा, बरिष्ठ उद्योगपति सिताराम कावरा लगायतले शुभकामना मनतव्य ब्यक्त गर्नुभयो ।
कार्यक्रममा सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधानसहितका नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई पदस्थपना गराइयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/15 पडेमारा अग्निपीडितलाई मन्त्री लेखीद्वारा आर्थिक सहयोग
- 2081/01/14 माओवादी केन्द्र सप्तरीको जिल्ला अध्यक्षमा रजक चयन
- 2081/01/14 सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
- 2081/01/12 हातहतियार राख्न इजाजत पत्र व्यक्ति वा संघसस्थालाई ३५ दिनभित्र अनिवार्य उपस्थित हुन आदेश
- 2081/01/12 लोहजरा दहमा पत्रकार महासंघको साधारण सभा हुने
- 2081/01/11 प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन समितिका सदस्यमाथी कारवाहीको माग
- 2081/01/11 बार एशोसिएसनको पहिलो तल्लाको शिलान्यास
- 2081/01/11 महिला हिंसा रोक्न सबै एकजुट हुनु पर्छ ः उपाध्यक्ष
- 2081/01/10 सप्तरीको परेमारामा भिषण आगलागि, १२ परिवारको २४ घर जल्यो
- 2081/01/10 जैन धर्मका अनुयायीले सम्झिए भगवान महाविर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ