News Category 2076/08/13

सप्तरी क्रिकेट टिम प्रदेश च्याम्पियन 

दैनिक समाचारदाता

सप्तरी क्रिकेट टिम प्रदेश च्याम्पियन 

दैनिक समाचारदाता
रौतहट, १३ मंसिर । 
    रौतहटको चन्द्रपुरमा संचालित सन्तदास कार्कि तथा रामकुमार कोईराला स्मृति टि २० नकआउट क्रिकेट प्रतियोगिताको उपाधी सप्तरीले हात पारेको छ । 
    जितसँगै सप्तरीले रु. १ लाख नगद प्राप्त गरेको छ भने उपविजेता सर्लाहीले रु. ५० हजारमै चित्त बुझाएको छ ।  
    प्रतियोगिता अन्तरगत बिहीबार सम्पन्न फाइनल खेलमा सप्तरीले सर्लाहीलाई ४६ रनले पराजित गर्दै सो उपाधि माथी कब्जा गरेको हो ।  
    सम्पन्न खेलमा सर्लाहीले टस जिति सप्तरीलाई पहिलो ब्याटिंङ गर्ने निम्तो दिएपछि ब्याटिङ गर्न ओर्लेको सप्तरीले निर्धारित २० ओभरको खेलमा ६ बिकेटको नोक्सानीमा १ सय २६ रनको योगफल तयार पारेको थियो । 
    जसमा आशिष झाले ३४, कप्तान महवुव आलमले २४, बिकास दासले नटआउट २८ रनको योगदान दिएका थिए भने अविनाश कर्णले ११ रनको योगदान दिएका थिए । 
    यता बलिंङतर्फ सर्लाहीका सन्दिप खडकाले २ बिकेट तथा सुशान्त सिंह, समशाद सेख, सोहन यादव र राजेश पुलामि मगरले सामान १ बिकेट लिएका थिए । 
    १ सय २७ रनको चुनौति लिई मैदानमा ओर्लेको सर्लाही १९ औं ओभरमा ८० रनमै समेटिएको थियो । सर्लाहीका लागि राजेश पुलामि मगर २१ रन बाहेक कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन सकेका थिएनन् । 
    यता सर्लाहीलाई सस्तोमा समेटन सप्तरीका कप्तान महवुव आलमले ४ बिकेट लिएका थिए भने उपेन्द्र रोयले ३ बिकेट लिएका थिए । तीन खेलाडी रनआउट भएका थिए । 
    फाइनल खेलको म्यान अफ द म्याच सप्तरीका कप्तान महवुव आलम घोषित भएका थिए भने उनले बेष्ट बलर तथा म्यान अफ द सिरिजको उपाधि समेत हात पारे । 
    त्यस्तै प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान सप्तरीका बिवेक यादव तथा उत्कृष्ट फिल्डर सर्लाहीका सन्दिप खडका भएका थिए । प्रतियोगितामा म्यान अफ द सिरिजलाई रु १० हजारसहित ट्रफि तथा प्रमाण पत्र प्रदान गरिएको थियो भने अन्य बिद्या प्राप्त गर्ने खेलाडिलाई रु. ५ हजारसहित ट्रफि तथा प्रमाण पत्र प्रदान गरिएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट