News Category 2076/08/24

कर्मचारीले निष्ठावान  तरिकाले काम गर्नु आवश्यक

दैनिक समाचारदाता

    सप्तरीको अधिकांश स्थानिय तहका कार्यालयहरुमा अहिले कर्मचारी अभाव देखिएको छ । स्थानिय तह अन्तरगतका कार्यालयहरुमा कर्मचारी नहुँदा कामकाज प्रभावित हुन पुगेको छ । यती मात्र नभएर कतिपय स्थानिय तहमा प्रशासकीय अधिकृत र प्रमुखबीच तालमेल नहुँदा प्रशासकीय अधिकृत कार्यालय नै आउन छोडेका छन् । जसको प्रत्यक्ष सेवाग्राहीमा पर्ने गरेको छ । यसरी जनताको कामकाजलाई समेत ध्यान नदिइ कर्मचारीहरु आफ्नो मनपरी गर्दै आइरहेकोप्रति सम्बन्धीत निकायको ध्यान पुग्न सकेको छैन् ।
    अहिलेको समय स्थानिय तहको विभिन्न योजना बनाउने हो । विभिन्न योजना बनाई विकासीय कार्य गर्ने समयमा कर्मचारीको अभावले सो कार्यमा अवरोध आउने कुरा भन्न सकिन्न् । जनताले चुनेर पठाएका जनप्रतिनिधि र सरकारले तोकेर पठाएको कर्मचारीहरुबीच कुनै प्रकारको मतभेद हुनु हुँदैन । यदी त्यस्तो भएमा सम्पूर्ण कार्यहरु प्रभावित हुन पुग्दछ । 
    तसर्थ कुनै पनि वहानामा कर्मचारीको अभाव वा कुनै कारणले कर्मचारी कार्यालय नआउने वातावरण सृजना हुन नदिई आफ्नो कर्तव्यलाई नबिर्सेर निष्ठावान तरीकाबाट जनताको सेवा गर्नु नै अहिले आवश्यता हो ।   

प्रतिकृया दिनुहोस

ताजा अपडेट