News Category 2076/09/02

महिला हिंसाका घटना न्युनिकरण हुन सकेन्

दैनिक समाचारदाता

    महिला हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न भएको १६ दिन समेत नबित्दा सप्तरीमा महिला हिंसाका घटना एकपछि अर्को सार्वजनिक हुँदै गएको छ । विगत केही वर्षयता महिला हिंसा बिरुद्धको अभियान संचालन हुँदै आएपनि महिला हिंसाका घटनाहरुमा कमि भइरहेको देखिन्न् । यस्ता घटना हुनुमा अरु कोहीबाट नभएर आफन्तबाटै हुने गरेको पाइएको छ । सप्तरीमा दुई वटा घटनाहरु भने श्रीमान्ले श्रीमतीलाई निर्घात कुटपिट गरेको सार्वजनिक भएका छन् । यसरी महिला हिंसाका घटना आफ्नै निकटत्म मानिसहरुबाट हुनुमा सचेतनाको कमी भएको बुझिन्छ । वा अहिले पनि मानिसहरु यस्ता कुरामा गम्भिर नहुनु हो । 
    सरकारले यस्ता घटना न्युनिकरणका लागि अभियान नै चलाएपनि घटनामा कमी हुनुका साटो झनै बृद्धि हुँदै गएको देखिएको छ । सरकारले मात्र नभए विभिन्न संघ संस्थाहरु समेतले यस्ता घटना न्युनिकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आइरहेका छन् । तर, ती सबै लगानी बालुवामा पानी हाले सरह भएको देखिन्छ । 
    तसर्थ यस्ता घटनाहरु न्युनिकरणका लागि सबै सरोकारवालाहरुले अझ महिनेत गर्नुपर्ने आवश्यकता देखिन्छ भने सबै व्यक्तिले यस्ता घटनाहरु बिरुद्ध आफ्नो तर्फबाट सचेतना दिनु उत्तिकै जरुरी छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट