News Category 2076/09/07

लागु औषध नियन्त्रण गर्न प्रहरीलाई चुनौती !

दैनिक समाचारदाता

    मुलुक भरीका प्रहरी प्रशासन अहिले लागु पदार्थ र यसका सेवनकर्तालाई नियन्त्रण गर्न अभियान नै चलाएको छ । तर, पनि लागु पदार्थ र सेवनकर्ता दिनहुँ बढ्दै गएको छ । लागु पदार्थलाई नियन्त्रणका लागि प्रहरीले सबै क्षेत्रमा कडाई गर्नका साथै भारतसँग रहेको खुल्ला सीमानामा निगरानी समेत बढाएको छ । यति मात्र नभएर अवैध रुपमा रोपिएका लागु पदार्थ गाँजाका खेती समेत नष्ट गर्ने गरेको छ । यती गर्दा समेत दिनहुँ जसो लागु पदार्थ र सेवनकर्ता पक्राउ परिरहेका छन् । 
    यसरी पक्राउ पर्नेहरुमा अधिकांश यूवाहरु नै रहेका हुन्छन् । कलिलो उमेरमै गलत संगतका कारण लागु पदार्थ सेवन गर्नेतर्फ उनीहरु उन्मूख भएको देखिन्छन् । आफ्नो देशमा लागु पदार्थ सेवन गर्न पाएपछि उनीहरु सीमावर्ती मुलुक भारतसम्म पुग्ने गरेका छन् र आफू सेवन गरेर केही आफ्नै साथमा लिएर नेपालतर्फ आउने गर्छन् । यता लागुऔषध सेवन गर्नेहरुको तथ्याङ्क कहालीलाग्दो रहेको छ । विशेषगरि “टिएनएजर” हरुले लागु औषध सेवन गर्ने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । गाँजा, चरेससहित बिभिन्न किसिमको ट्याबलेट, सिरिन्च लगायतको लागूऔषध प्रयोग गरिरहेको देखिन्छ । एक तथ्याङ्क अनुसार झण्डै डेढ लाख बढीको संख्यामा नेपालमा लागु पदार्थ प्रयोगकर्ताहरू रहेको देखाएको छ । 
    मुलुकमा बिभिन्न संस्थाहरु लागूऔषधबिरुद्ध काम गर्दै आएपनि यसको सकारात्मक र ठोस पहल हुन सकिरहेको छैन् । नेपालमा लागुपदार्थ प्रयोग गर्ने विद्यार्थीहरूको सङ्ख्या बढ्दै गएको तथा पढ्न जाने बहानामा विद्यार्थीहरू दुव्र्यसनमा फस्ने गरेका धेरै उदाहरणहरू भेटिन्छन् । तसर्थ लागूऔषध र यसको सेवनकर्ताहरुमा कमी ल्याउन सम्बन्धीत संघ संस्था र प्रहरी प्रशासन अझ महिनेत र कडा रुपमा प्रस्तुत हुन जरुरी रहेको देखिन्छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट