News Category 2076/09/20

बैदेशिक रोजगारीको कमाईलाई सदुपयोग गर्नेतर्फ ध्यान पु¥याऔं

दैनिक समाचारदाता

    मुलुकमा रोजगारीको वातावरण सृजना नहुँदा यहाँबाट सयकडौ यूवाहरु दिनहुँ बिदेश पलायन भइरहेका छन् । उनीहरु बिदेशमा गएर कमाएका रकम आफ्नो घर पठाउने गरेका छन् । जसले गर्दा मुलुक अहिले रेमिटान्सकै रकमबाट धानिएको छ । विदेशबाटै पठाएको रकमले गर्दा उनीहरुको घरवार समेत चलेको छ । 
    अर्कोतर्फ विदेशबाट पठाइएको रकमको सही उपयोग नहुँदा ती यूवाहरुको घरपरिवार बिग्रिएको छ । खुन पसिनाका साथ दिनरात एक गरि बिदेशमा काम गरेर पैसा पठाएको यूवाहरुको परिवारजनले रकमको सही उपयोग गर्न नसक्दा अहिले उनीहरुको जिवन अन्धकारमय बनेको छ । पठाएको रकमबाट उपयुक्त स्थानमा सदुपयोग गर्न नसक्दा विदेशबाट फर्किएपछि पुनः उनीहरु बेरोजगार नै बनेको अनेकौं उदाहरणहरु हेर्न र सुन्न पाइन्छ । बैदेशिक रोजगारीको रकमलाई उत्पादनमूलक कार्यमा उपयोग गर्न नसक्दा अहिले सो अवस्था आएको छ । प्रायजसो घर निर्माण, जग्गा खरीद, विलासिताको सामान खरीद, मोटरसाइकल खरीदलगायतमा  रकम प्रयोग भएको देखिन्छ । यस्ता कुरामा रकम प्रयोग हुँदा रकमको खासै सदुपयोग भएको देखिन्न् । 
    तसर्थ त्यस्ता रकमलाई कुनै उत्पादनमूलक क्षेत्रमा प्रयोग गरेर आफू र दुई चारजनालाई रोजगारीको अवस्था सृजना गर्न तर्फ अग्रसर हुनुपर्दछ । अनिमात्र आफ्नो, परिवार तथा समाजको विकास र आर्थिक क्षेत्रको उन्नती हुन सक्ने कुरामा दुई मत नहोला  । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट