News Category 2076/11/05

प्रदेश २ सरकार विघटन नहुने, राजपा र समाजवादी पार्टी एकीकरणतिर अग्रसर

दैनिक समाचारदाता

प्रदेश २ सरकार विघटन नहुने, राजपा र समाजवादी पार्टी एकीकरणतिर अग्रसर

अमरनाथ मण्डल    
    मधेश र मधेशीे अधिकारको अवधारणा तथा मधेशवादको आवाजलाई दिशा निर्देश गर्ने पार्टीहरु समाजवादी र राजपाका बीचमा केही दिन पहिलेदेखि बढिरहेको कटुलताको कारण मधेशी जनताहरु निराशको वातावरण तिर केन्द्रित रहेको देखिएको अवस्थामा प्रदेश २ मा यी दुई पार्टीको सरकारसमेत संकटमा रहेको चर्चा परिचर्चाले मधेशमा राजनीतिक तरंगको परिवेशबाट गुजर्न बाध्य भएको थियो भने मधेश आन्दोलनले दिएका जनादेशको सिद्धान्त मर्मको भावना विपरीत  नेकपासँग दुवै पार्टीले गरेका सम्झौताहरु कारणले गर्दा तथा सरकारमा सहभागिता भएका कारणले गर्दा मधेशवादको मर्म र सिद्धान्तमाथि यी दुई पार्टी सत्ताको राजनीतिकमा तलिन रहेको सन्देशहरु व्यापक रुपमा चर्चा पाएका थिए । 


    राजपा र सामाजवादीमा एकताको प्रयास पहिलेदेखि नै शुरु भएको सन्दर्भमा समाजवादीले सरकार छोडी एकताको प्रक्रियामा आएपछि मात्र एकताको वार्ता हुने राजपाका शिर्ष नेताहरुको व्यक्तव्यवादी कारण एकताको परक्रिया केही दिनदेखि रोकिएको अवस्थामा समाजवादीले सरकार छोडेपछि राजपा र समाजवादी एकताको बुँदाहरुमा सहमतिको लागि अग्रसर भइरहेको बेला एक्कासी राजपाले राष्ट्रियसभामा नेकपासँग गरेका दुई बुँदे सहमतिले नेकपा र राजपाको बीच सत्ता समीकरण हुने अडकलवादीहरु व्यापक रुपमा उठ्न थालेका थिए । यसै सन्दर्भमा नेकपासँग प्रदेश २ मा तालमेल गरी प्रदेश सरकार बनाउने चर्चा पनि शिखरबिन्दुमा पुगेका थिए ।
    राजपा नेताहरुको दिल्ली भ्रमण पछि राजपा र समाजवादी बीचको एकता प्रक्रिया र एकताका कुराहरु राजपा नेताहरुले गर्न थाले । राजपा नेता राजेन्द्र महतोले राजपा र समाजवादीको एकताको आधारहरुमा व्यापक ठाउँ भएकोले हामीहरु अबका दिन समाजवादी र राजपाबीच इमानदारतापूर्वक सक्रियताको रुपमा एकता प्रक्रियालाई अगाडि बढाउने बताउँछन् । उहाँले मधेशको मर्म र भावना दुवै मधेशी पार्टी एक ठाउँमा उभि वैकल्पिक पार्टीको रुपमा निर्माण हुने तिर हामीहरु सक्रियताको साथ लागि परेको कुरा यस स्तम्भकारसँग टेलिफोन वार्तामा विश्वास साथ विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रदेश २ का सरकार अहिले विघटन नहुने र प्रदेश २ मा राजपा र समाजवादीको सरकार यथास्थितिमा रहने उहाँको भनाई रहेको थियो । त्यस्तै समाजवादीका नेता उपमेन्द्र यादवले साकारात्मक सोच साथ महत्वाकांक्षी नबनी एकताको प्रक्रियालाई हामी दुवै पार्टी इमानदारीता पूर्वक सक्रियको साथ एकताको तिर उन्मुख हुने उहाँले यस स्तम्भकारसँगको टेलिफोन वार्तामा जनाउँनु भयो।
    राजपाका नेता राजेन्द्र महतो तथा समाजवादीका नेता उपेन्द्र यादवको पार्टीएकताप्रतिको भावना एकअर्कासँग मेल खाने रहेकोले अबका दिनमा पार्टी एक हुने वातावरण बन्ने तिर राजपा र समाजवादी अग्रसर देखिएको छ भने तिन÷तिन चोटी भएका मधेश आन्दोलन र मधेश आन्दोलनका जनादेशहरुलाई राज्य पक्षले वार्ता गरी वार्ताको कार्यान्वयन नगरेको गुनासोहरु मधेशी जनता तथा मधेशी दलका बिच उठी रहेको सन्दर्भमा मधेश आन्दोलनमा शहादत दिएका सहिदहरुको मर्म भावना र भावना सम्मानलाई शासकवर्गहरुद्वारा सधै मधेशवादको अवधारणालाई नकारात्मक दृष्टिकोणले हेरेको कारण मधेशका यी दुई प्रमुख मधेशी पार्टी राजपा र समाजवादी एकअर्का बीचको मतभिन्ता कटुलतालाई बिर्सि शहिदहरुको सपनालाई साकार पार्ने तिर उन्मुख भई पार्टी एकीकरणको थालनी गरेको राजपाका नेताहरु भावना रहेको छ । तसर्थ यी दुई पार्र्टीहरुको मिलन बिन्दुको चर्चाले शासकवर्गहरुको बीच खल्लोबल्लो मचिएका छ भने सत्ता र कुर्सीको मोह देखाइ यी दुई पार्टीलाई एक ठाउँमा धुव्रीकरण नहुन दिन नेकपा पार्टी लगायत त्यस पार्टी नेताहरु भर्सक प्रयास गरे । तर मधेश आन्दोलनको जनादेशलाई सम्मान गर्दै यी दुई पार्टी एकीकरण तिर अहिलेको परिस्थितिमा उन्मुख भइरहेको देखिन्छ ।
    राजपा नेता दिल्ली भ्रमण पछिको भावनाहरुले के देखाउँछ भने दिल्ली दरबारले पनि मधेश आन्दोलनको सम्मान गर्न उहाँहरुलाई सुझाव दिएका छन्। तर राजपामा रहेका ६ अध्यक्ष मण्डलका सदस्यहरुको एउटा एजेन्डामा खाँसगरी राजपा र समाजवादीको एकताको आधारमा एकरुपता हुनुपर्ने देखिन्छ । त्यस्तै प्रदेश २ को सरकारलाई विघटन नगरी परिवर्तनको आवधारण लागु गर्नुपर्ने र मधेश र मधेशीको अधिकार सवालमा विकासको सवालमा बाधक बनिरहेको मन्त्रीहरुले यी दुई पार्टीका शिर्ष नेताहरुको बैठकले पुनरगठन गरी मधेशी जनता भावना अनुरुप व्यक्तिहरुलाई सरकारमा पठाउनु पर्ने अवस्थाको सिर्जना भइरहेको देखिन्छ । तसर्थ राजपा र समाजवादी पार्टी बीच बढेको कटौताको कारक पनि दुई नम्बर प्रदेशका मन्त्रीहरु पनि रहेको चर्चाको अनुभूति भइरहेको देखिन्छ । 
    राजपा र समाजवादीको एकता प्रक्रिया तथा पार्टीहरुको एकअर्कामा समायोजनको लागि गठित कार्यदलहरुलाई सक्रिय बनाई ततरुपताको साथ सक्रियताको साथ वार्ता प्रक्रियालाई अगाडि बढाउनु पर्ने देखिन्छ । यदि राजपा र समाजवादीको पार्टी एकीकरण भयो भने मधेशमा नयाँ तरङ्गको स्थितिको शुरुवात हुन्छ । मधेशी जनताको र मधेशको भावना स्वार्थमा नफसी त्याग र समापन साथ मधेशी जनताले दिएका जनादेशका सम्मान गरी मधेश आन्दोलनका प्रमुख एजेण्डा संविधान संशोधन रहेको संविधान संशोधन तिर अग्रसर भई सरकारलाई सदन र सडकमा संघर्ष गरी संविधान संशोधनको लागि दवाव दिनुपर्ने अवस्था देखिन्छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट