News Category 2071/01/26

सप्तरीमा दुई नगरपालिका थपिए

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २५ बैशाख । 
सरकारले बिहीवार गरेको घोषणा गरेको थप ७२ वटा नगरपालिका मध्ये सप्तरीमा दुई वटा नगरपालिका थपिएको छ । यो सँगै अब देशभरि १ सय ३० नगरपालिका भएको छ । 
सरकारले घोषणा गरेको नयाँ नगरपालिकामा सप्तरीको कञ्चनपुर रुपनगर नगरपालिका र शम्भुनाथ नगरपालिका परेको छ । 
कञ्चनपुर रुपनगर नगरपालिकामा ९ वटा गाविस समेटिएको छ भने शम्भुनाथ नगरपालिकामा ६ वटा गाविसलाई समेटिएको छ । 
कञ्चनपुर नगरपालिकामा कञ्चनपुर गाविससहित घोघनपुर, धरमपुर, बरमझिया, बदगामा, रुपनगर, पिप्रापुर्व, जगतपुर र ठेलिया गाविसलाई समेटिएको छ भने शम्भुनाथ नगरपालिकामा मोहनपुर, भंगहा, शम्भुनाथ, बसबलपुर, रामपुर जमुवा र खोक्सर प्रवाहा गाविसलाई समेटिएको जनाएको छ । 
नयाँ घोषणा गरिएको कञ्चनपुर रुपनगर नगरपालिकामा ४८ सय ६ सय ९१ जनसंख्या रहेको छ भने शम्भुनाथ नगरपालिकामा ३० हजार २ सय ७ जनसंख्या रहेको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट