News Category 2071/01/29

प्रहरीद्वारा विशेष अभियान संचालन

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, २८ बैशाख । 
राजविराज नगर क्षेत्रमा जथाभावी सवारी साधन पार्र्किङ्ग, मालसमान निर्माण सामाग्रि राख्ने, ठेलागाढा, साइकल पार्किङ्ग र पेटीबाट पैदल यात्री हिड्ने बारे जनचेतना फैलाउने उद्देश्यले आइतबार प्रहरीले विशेष अभियान संचालन गरेको छ । 
“नगरमा ट्राफिक व्यवस्थापन गर्न प्रहरीको विशेष अभियान” नाम दिई संचालन गरेको यस अभियान अन्तरगत आइतबार जिल्ला प्रहरी कार्यालय सप्तरीबाट ¥याली निकाली नगरको विभिन्न भागमा बटुवाहरुलाई जनचेतना दिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो । 
राजविराज नगरपालिकाको सहयोगमा संचालन भएको अभियानका क्रममा स्थानीय नगरवासीलाई जनचेतना दिई सम्भावित दुर्घटनाबाट बच्नका लागि समेत जनचेतना दिने उहाँले जानकारी दिनुभयो । विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त अभियानको सुरुवात गरिएको छ । 
बाटोमा सवारी साधन पार्र्किङ्ग, ठेलागाढा, साइकल पार्किङ्ग गर्ने सवारीधनीलाई सुरुमा सम्झाउने तथा मालसमान निर्माण सामाग्रि राख्ने व्यक्तिलाई हटाउनका लागि तीन दिनको समय दिने र त्यपछि पुनः भेटिए कारवाही प्रक्रिया अगाडी बढाउने राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट