News Category 2071/01/29

कतारमा हुने कार्यक्रमका लागि कलाकारहरु काठमाडौं प्रस्थान

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २८ बैशाख । 
कतारमा साँस्कृतिक कार्यक्रम गर्नका लागि आईतबार नेपाल सांस्कृतिक कला केन्द्रका कलाकारहरु काठमाडौं प्रस्थान गरेका छन् । 
कतारको दोहामा आगामी जेठ २ गते आयोजना हुन गइरहेको सांस्कृतिक कार्यक्रमका लागि नेपालका विभिन्न क्षेत्रबाट कलाकारहरु त्यसतर्फ प्रस्थान गर्दैछन् । 
सो कार्यक्रममा नेपालका विभिन्न क्षेत्रबाट कलाकारहरुको सहभागी रहे पनि सप्तरीबाटै अधिकांश कलाकारहरुको सहभागीता रहने भएको छ । 
कार्यक्रमका लागि सप्तरीका चर्चित संगीतकार शैलेन्द्र कुमार, रामकुमारको नेतृत्वमा निर्मल साह, हास्य कलाकार जीवछ दास, देवेन्द्र साह, सुनिता साह, डोली सरकार, ऋषिका चौधरी, विरेन्द्र सप्तरीया र जितेन्द्र सिरुवालको सहभागिता रहने छ । 
हिमाल, पहाड र तराईका भाषा, संस्कृतिको पहिचान उजागर गर्ने मुख्य उद्देश्य रहेको टोलीमा अनिता दाहाल, सबिना गिरी, रोमा, रेशमा, दिवस, नायिका सुष्मा कार्की, सुमिता घिमिरे लगायतका चर्चित कलाकारहरु समेत टोलीमा सहभागी रहेको सप्तरीबाट सो टोलीमा सहभागी रहेका हास्य कलाकार जिवछ दासले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट