News Category 2070/03/12

समितिका कारण योजना प्रभावकारी हुन नसकेको गुनासो

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ११ असार ।
उपभोक्ता समितिका कारण स्थानिय निकायमा कुनै पनि विकासीय योजना प्रभावकारी ढँगले संचालन हुन नसकेको कोचाबखारी गाविसमा मंगलबार आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन ।
कोचावखारी गाविस ६ मा स्थानिय विकास निर्माण तथा सेवाको समुदायमा आधारित अनुगमन कार्यक्रममा बोल्दै बक्ताहरुले स्थानिय उपभोक्ता समिति गठनको विवादलाई लिएर गाविसको सम्पूर्ण विकासीय योजना अलपत्र अवस्थामा रहेको बताए । विकासीय कामका लागी गठन हुने उपभोक्ता समिति सचिव र केही पहँुच भएका व्यक्तिहरुको मिलोमतोमा सदरमुकाम राजविराजमै गठन भई विकासिय योजनाको रकम बाँडफाँड गर्ने गरेको आरोप उनीहरुको छ ।
कोचावखारी वडा नम्बर १ देखी ६ सम्मका स्थानियवासी, राजनीतिक दलका प्रतिनिधी, नागरिक समाजको सहभागीता रहेको कार्यक्रका बक्ताहरुले उपभोक्ता समितिको गठन र विकासिय योजना छनोट गर्दा आफूहरुलाई थाहा पनि नदिने गरेको गुनासो गरे ।
स्थानिय शासन तथा उत्तरदायी संयन्त्र (एलजिएफ) को सहयोगमा महिला वातावरण तथा ग्रामीण विकास सस्ंथा राजविराजले आयोजना गरेको ‘भलुवाही वाँध’ विषयक सार्वजनिक संवाद कार्यक्रमा महिला शिर्षकको वजेट पनि सडक लगायतका पुर्वाधार विकासमा खर्चिने गरेको आरोप महिलाहरुले लगाए ।
कृषिको लागि कोचावखरी ६ स्थित बाँधिएको बाँधले यस गाविसलाई कुनै फाईदा नभएको गुनासो गर्दै स्थानियहरुले गाँउ विकास समितिको चार लाख २० हजार रकम खर्चेर वनाईएको बाँध वाट कुनै फाईदा नभएको बताए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट