News Category 2077/06/04

सप्तरीमै जटिल शल्यक्रिया  सफलतापूर्वक सम्पन्न

दैनिक समाचारदाता

सप्तरीमै जटिल शल्यक्रिया  सफलतापूर्वक सम्पन्न

दैनिक समाचारदाता
राजविराज, ३ असोज । 
    सप्तरी सदरमुकाम राजविराजमा रहेका विभिन्न अस्पतालमा अहिले दक्ष चिकित्सक तथा आधुनिक उपकरणको माध्यमबाट जटिल भन्दा जटिल रोगको उपचार सम्भव हुँदै गएको छ । 
    विगतमा जिल्लावासी राजविराजमा उपचार गराउन डराएर अन्यत्र बिराटनगर र धरान जाने मानसिकतालाई अहिले बिस्तारै त्याग्दै छन् । यहाँस्थित सरकारी र केही निजि अस्पतालले दक्ष चिकित्सक, जनशक्ति तथा आधुनिक उपकरणको माध्यमबाट जिल्लावासीलाई अन्यत्र उपचार गराउन जाने झन्झटबाट मुक्त गराउने प्रयासरत छन् ।  
    पछिल्लो पटक राजविराजस्थित छिन्नमस्ता एजुकेशनल मेडिकल कलेज एण्ड अस्पतालले एकपछि अर्को जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । 
    सप्तरीको रुपनी गाउँपालिका ३ हर्दिया कटैया निवासी ५० वर्षिय कमलकुमार साहको स्पाइनल कर्डमा भएको ट्युमर (मेरुदण्डमा पलाएको मासु) को चार घण्टाको प्रयासपछि सफल शल्यक्रिया सम्पन्न गरेको अस्पताल प्रशासनले जनाएको छ । 
    यस्तो शल्यक्रिया जिल्लामै पहिलो पटक गरिएको सो अस्पतालका चिकित्सकहरुको भनाई छ । वरिष्ठ सर्जन डा. राजिव मिश्रा, डा. ज्ञानेन्द्र कुमार झा, डा. सरोज कुमार साह, एनेस्थेटिस्ट डा. पारषमणि साहलगायतका चिकित्सक टोलीले शल्यक्रि सम्पन्न गरेका हुन् । 
    यता आर्थिक अवस्था निकै कमजोर भएका साह जिल्ला बाहिर विभिन्न अस्पताल धाएर यहाँ आइपुगेको अस्पतालका संचालक शैलेन्द्र मोहन झाले बताए । 
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट