News Category 2077/06/05

रुपनीका वडा अध्यक्ष थापाको निधन

दैनिक समाचारदाता

रुपनीका वडा अध्यक्ष थापाको निधन

दैनिक समाचारदाता
राजविराज, ५ असोज । 
    सप्तरीको रूपनी गाउपालिका वडा ६ का अध्यक्ष गोबिन्द सिँह थापाको सोमबार निधन भएको छ । उनको ५५ बर्षको उमेरमा निधन भएको छ । 
    थापा केही दिन यता पेट सम्बन्धी रोगले थला परेका थिए । उनलाई सोमवार बिहान उपचारका लागि बिराटनगर तर्फ लैजादै गर्दा बाटौ मै निधन भएको परिवारजनले जनाएका छन् ।
    यसअघि विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा नौ दिनको उपचारपछि तीन दिनअघि घर फर्केका अध्यक्ष थापाको स्वास्थ्यावस्था गम्भीर भएपछि सोमबार बिहान बिराटनगर लगिदै थिए । 
    यता सार्वजनिक जग्गामा घर बनाएको विरोधमा स्थानीयवासीले अवरोध गरेपछि थापा केही महिनादेखि निकै तनावमा रहेको स्थानियले बताएका छन् । 
    गत स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष पदमा निर्वाचित थापाको निधनप्रति नेपाली काँग्रेस सप्तरीले गहिरो दुख ब्यक्त गरेको छ ।
    काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादबले एक शोक बक्तब्य जारी गरि गर्दै थापाको निधनले पार्टीलाई अपूर्णिय क्षति भएको जनाउदै शोकसन्तप्त परिवार प्रति सम्वेदना प्रकट गरेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट