News Category 2077/06/09

प्रशासन कार्यालयका संक्रमित एक कर्मचारीको मृत्यु

दैनिक समाचारदाता

प्रशासन कार्यालयका संक्रमित एक कर्मचारीको मृत्यु

दैनिक समाचारदाता
राजविराज, ८ असोज
    कोरोना संक्रमणबाट राजविराजमा विहिवार विहान थप एक जनाको मृत्यु भएको छ । यो संगै सप्तरीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।
    मृतक प्रमुख जिल्ला अधिकारी निवासमा भान्सेको काम गर्दै आएका थिए । उनी राजविराज ८ निवासी ६२ वर्षिय पुरुष हुन् ।
    गत भदौं ३० गते कोरोना संक्रमण पुष्टी भएका उनलाई भोली पल्ट साईकृष्णा मेडिकल कलेज स्थित आइसोलेसन सेन्टरमा राखिएको थियो । एक दिन त्यहाँ वसेपछि सुरक्षा मापदण्ड अपनाई घर मै वस्ने भनि इच्छा जाहेर गरेपछि पुनःउनलाई फर्काएर होम आइसोलेशनमा राखिएको थियो । 
    विहिवार विहान घरको छतमाथि वाकिङ गरी चिया नास्ता खाई वसिरहेका बेला अचानक उनी ओछ्यान मै ढलेका थिए । चिकित्सकले जाँच गरेर मृत घोषित गरेपछि विहिवारै आवश्यक सुरक्षा मापदण्ड अपनाएर शवको अन्त्येस्टी गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत आनन्द ठाकुरले बताए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट