News Category 2077/06/09

फरार १६ अभियुक्त पक्राउ 

दैनिक समाचारदाता

फरार १६ अभियुक्त पक्राउ 

दैनिक समाचारदाता
राजविराज, ८ असोज
    अदालतबाट कैद सजाय तोकी फरार रहेका विभिन्न मुद्दाका १६ जनालाई अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ ।  
    विभिन्न स्थानमा लुकिछिपी बसेको अवस्थामा एक महिलासहित १६ जना अभियुक्तहरुलाई दुई दिन यता पक्राउ गरि बिहीबार प्रहरीले अदालतमा बुझाएको छ । 
    पक्राउ पर्नेहरुमा कुटपिट र अंगभंगका सर्वाधिक १० जना रहेका छन् भने जालसाजी, लुटपिट, ज्यान मार्ने उद्योग, केही सार्वजनिक अपराध, कर्तव्य ज्यान र लागु औषधका एक÷एक जना रहेको जिलला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    पक्राउ परेकाहरु मध्ये कुटपिट तर्फ राजविराज नगरपालिका ९ का जुक्ति यादव, सुबसु साह, लिलावत्ति साह, गुलाबलाल दास, सुबिलाल यादव, वडा नं. १ का सत्रुशन यादव, उत्तिमलाल यादव, शंकर कुमार यादव, लक्ष्मण यादव, लक्ष्मी यादव रहेका छन् । 
    यस्तै ज्यान मार्ने उद्योगतर्फ राजविराज ९ का झौली मुखियाँ, केही सार्वजनिक अपराधतर्फ राजविराज १ का बडेलाल यादव, जालसाजीतर्फ राजविराज ६ का झवर यादव र लुटपिटतर्फ राजविराज १ का गोसाई यादव तथा लागुऔषध तर्फ सप्तरीको तिरहुत गाउँपालिका ५ का महेन्द्र मेहता छन् । 
    अघिल्लो दिन कर्तव्य ज्यान मुद्दाका आरोपी महादेवा गाउँपालिका १ का ५५ वर्षिय रबिलाल यादवले भने जिल्ला प्रहरी कार्यालय मै पुगि आत्मसमर्पण गरेका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट