News Category 2077/06/09

सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १३ पुग्यो

दैनिक समाचारदाता

सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १३ पुग्यो

दैनिक समाचारदाता
राजविराज, ९ असोज । 
    सप्तरीमा थप एक संक्रमितको शुक्रबार मृत्यु भएको छ । योसँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
    जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि गत भदौं २६ गते धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएका राजविराज ३ निवासी ७० वर्षिय पुरुषको सोही अस्पतालमा शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको हो । 
    श्वास प्रश्वासमा समस्या देखिएपछि स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा गरिएको पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएपछि थपउपचारका लागि उनलाई धरान रेफर गरिएको थियो । 
यसअघि जुम्ल्याहा दाजु भाई मध्ये दाजुको भदौं १३ गते मृत्यु भएको थियो । श्वास प्रश्वासमा समस्या र उच्च ज्वरो देखिएपछि उपचारका लागि परिवारजनले धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।  
पिसिआर परिक्षण गर्न नभ्याएका उनको बाटोमै मृत्यु भएपछि परिवारजनले अन्त्येष्टि गरेका थिए । 
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट