News Category 2077/08/19

तिलाठी र रुपनी गापाद्वारा अपाङता भएका व्यक्तिलाई सम्मान

दैनिक समाचारदाता

तिलाठी र रुपनी गापाद्वारा अपाङता भएका व्यक्तिलाई सम्मान

दैनिक समाचारदाता
राजविराज, १८ मंसिर । 
    २९ औं अन्तर्राष्ट्रिय अपाङगता दिवसको अवसरमा बिहीबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले १६ जना अपाङ्गता भएका ब्यक्तिहरुलाई सम्मान गरेको छ ।
    आयोजित सम्मान कार्यक्रममा ८ वटै वडाका एक महिला तथा एक पुरुष गरी १६ जना अपाङ्गता भएका ब्यक्तिलाई कम्बल ओढाएर सम्मान गरिएको थियो ।  


    गाउँपालिकाका उपाध्यक्ष सुचिता कुमारी यादवको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झा, वडा नं. ८ का अध्यक्ष लक्ष्मीप्रसाद मण्डल, वडा नं. ७ का अध्यक्ष गुलाबप्रसाद सिंह, जनस्वास्थ्य अधिकृत भूपेन्द्र झा, जनस्वास्थ्य निरीक्षक दिपक कुमार मण्डल, शैलेन्द्र सिंहसहितकाले अपाङगता भएका ब्यक्तिलाई माया र सद्भाव राख्नु आवश्यक भएको बताए ।
    यस्तै अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा बिहीबारै जिल्लाको रुपनी गाउँपालिकामा अपाङता भएका व्यक्तिहरुलाई सम्मान गरिएको छ । 
    गाउँपालिका  अध्यक्ष हरेराम यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष बेचनी कुमारी सरदार, प्रशासकीय अधिकृत रेणुका शाह, ६ वटै वडाका अध्यक्ष तथा कर्मचारीहरु समेतको उपस्थितिमा अपाङ्गता भएकाहरुलाई कमल ओढाएर सम्मान गरिएको हो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट