News Category 2077/08/20

सप्तरी क्रिकेट संघलाई प्रदेश स्तरिय महिला क्रिकेट प्रतियोगिता गर्ने जिम्मेवारी 

दैनिक समाचारदाता

सप्तरी क्रिकेट संघलाई प्रदेश स्तरिय महिला क्रिकेट प्रतियोगिता गर्ने जिम्मेवारी 

दैनिक समाचारदाता
जनकपुर, २० मंसिर । 
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश क्रिकेट संघ २ ले प्रदेश स्तरीय महिला तथा पुरुष क्रिकेट प्रतियोगिता संचालन गर्ने भएको छ । 
सो प्रतियोगिताबाट प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश २ क्रिकेट टोली छनौट गर्ने छ । शनिवार अनलाईन मार्फत सम्पन्न बैठकमा उक्त प्रतियोगिताका लागि सप्तरी जिल्ला क्रिकेट संघलाई महिला प्रतियोगिता तथा बन्द प्रशिक्षण दुवैको जिम्मेवारी दिइएको छ । 
त्यस्तै पुरुषतर्फ बारा जिल्ला क्रिकेट संघलाई बारा, पर्सा, सर्लाही र रौतहट तथा धनुषा जिल्ला क्रिकेट संघलाई धनुषा, महोतरी, सिरहा र सप्तरीको प्रतियोगिता लिगको आधारमा संचालन गर्ने र बन्द प्रशिक्षणको समेत जम्मेवारी दिइएको हो । 
त्यस्तै प्रतियोगिता अन्तरगतको सेमिफाईनल र फाईनल संचालनको धनुषा क्रिकेट संघलाई नै जिम्मेवारी दिइएको छ ।
सोही बैठकले नेपालका पहिलो अन्तराष्ट्रिय कप्तान उत्तम कर्मचार्यलाई नेपाल क्रिकेट संघको छनौट समिति प्रमुखमा चयन गरेको छ । यस्तै प्रतियोगिताको तालिका र मिति आईतवार पुनः बस्ने बैठकबाट पारित गर्ने निर्णय समेत गरिएको प्रदेश २ क्रिकेट संघका सचिव आयुश श्रेष्ठले जानकारी दिएका छन् । 
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट