News Category 2077/09/06
बोल्न नसक्ने बिरामीका आफन्त खोज्दै प्रहरी र अस्पताल प्रशासन
दैनिक समाचारदाता
राजविराज, ६ पुस ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालस्मा विगत चार दिनदेखी वेवारिसे अवस्थामा रहेका एक यूवकको उपचार भइरहेको छ ।
बोल्न र लेख्न नसक्ने ती २० वर्षिय यूवकको अस्पतालको आकस्मिक कक्षको शैया नं. ९ मा उपचार भइरहेको छ ।
शुक्रबार बिहान पूवपश्चिम राजमार्ग अन्तरगत सप्तरीको विषणपुर खण्डमा घाइते अवस्थामा फेला पारि उपचारका लागि अस्पताल भर्ना गराइएको थियो ।
सप्तरीको राजगढ गाउँपालिका ३ निवासी श्याम यादव मोटरसाइकल चढेर घरतर्फ जाँदै गर्दा गरेको अवस्थामा ती यूवालाई सडकमा घाइते अवस्थामा देखेपछि उद्दार गरि अस्पताल पु¥याएका थिए ।
ती यूवाको खुट्टामा गहिरो चोट देखिएको छ । उनको मानवीय संवेदनशिलताका कारण अस्पतालका चिकित्सिक र नर्सहरुले निशुल्क उपचार गरिरहेका छन् भने अस्पतालमा सुरक्षाका लागि खटिएका प्रहरी बिटका इन्चार्ज हवल्दार रामशंकर यादवले खानेकुरा र न्यानो लुगाको व्यवस्था गरिदिएका छन् ।
उनलाई खानाखाजा फलफुल र दुध समेत आफ्नै व्यक्तिगत खर्च गरेर प्रबन्ध मिलाएका प्रहरी हवल्दार यादवले बिरामीको ठेगाना र आफन्त पत्ता लगाउन आफूहरु पहल गरिरहेको र अरुलाई पनि सहयोगका लागि आग्रह गरेका छन् ।
यता मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले ती बिरामीको निशुल्क उपचारको व्यवस्था मिलाइएको जनाउँदै आफन्त पत्ता लगाई सहयोगका लागि सबैसाग अनुरोध गरेका छन् ।
उनलाई थप उपचारको आवश्यकता रहेपनि आफन्त कोही नहुँदा बाहिर पठाउन नसकिएको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/15 पडेमारा अग्निपीडितलाई मन्त्री लेखीद्वारा आर्थिक सहयोग
- 2081/01/14 माओवादी केन्द्र सप्तरीको जिल्ला अध्यक्षमा रजक चयन
- 2081/01/14 सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
- 2081/01/12 हातहतियार राख्न इजाजत पत्र व्यक्ति वा संघसस्थालाई ३५ दिनभित्र अनिवार्य उपस्थित हुन आदेश
- 2081/01/12 लोहजरा दहमा पत्रकार महासंघको साधारण सभा हुने
- 2081/01/11 प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन समितिका सदस्यमाथी कारवाहीको माग
- 2081/01/11 बार एशोसिएसनको पहिलो तल्लाको शिलान्यास
- 2081/01/11 महिला हिंसा रोक्न सबै एकजुट हुनु पर्छ ः उपाध्यक्ष
- 2081/01/10 सप्तरीको परेमारामा भिषण आगलागि, १२ परिवारको २४ घर जल्यो
- 2081/01/10 जैन धर्मका अनुयायीले सम्झिए भगवान महाविर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ