News Category 2077/09/11

मृतक सवारी चालकका परिवारलाई आर्थिक सहयोग, मेसु झाद्वारा मृतक पत्नीलाई जागिर र छोराछोरीलाई पठनपाठन गराउने घोषणा

दैनिक समाचारदाता

मृतक सवारी चालकका परिवारलाई आर्थिक सहयोग, मेसु झाद्वारा मृतक पत्नीलाई जागिर र छोराछोरीलाई पठनपाठन गराउने घोषणा

    राजविराज÷दुर्घटनामा मृत्यु भएका गजेन्द्र नारायण सिंह अस्पताल राजविराजका सवारी चालक छोटेलाल यादवका परिवारलाई शनिबार अस्पतालको तर्फबाट आर्थिक सहयोग प्रदान गरिएको छ । 
    दुई साताअघि मंसिर २३ गते उनको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको थियो । अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीहरुले दुई दिनको तलब कटाएर सहयोग स्वरुप संकलन गरेको २ लाख ६० हजार रुँपैया मृतककी पत्नी सुनितालाई उनको घरमै पुगेर मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले प्रदान गरेका हुन् । 
    रकम हस्तान्तरण गर्दै मेसु झाले मृतकका दुई छोराछोरीलाई १० कक्षासम्म पढाई खर्च आफ्नो तर्फबाट बेहोरिदिने घोषणा समेत गरेका छन् । यस्तै ६ वर्षका छोरा र ४ वर्षकी छोरी रहेको मृतक यादवकी धर्मपत्नी सुनितालाई उनको योग्यता अनुसारको अस्पतालमै जागिर मिलाईदिने समेत उनले प्रतिबद्धता जनाएका छन् । 
    सो अवसरमा रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, जसपाका केन्द्रिय सदस्य दिनेश कुमार यादव, अस्पतालकी डा. दिपा यादव, स्टोर प्रमुख कामेश्वर रोहिता तथा कर्मचारी र स्वास्थ्यकर्मीको उल्लेख्य उपस्थिती रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट