News Category 2071/02/18

क्रान्तिकारीको तेश्रो भेला सम्पन्न

दैनिक समाचारदाता


राजविराज÷क्रान्तिकारी पत्रकार संघ सप्तरीको तेश्रो जिल्ला भेला शनिबार सम्पन्न भएको छ । 
तेश्रो जिल्ला भेला आयोजक समितिका संयोजक बिन्दु यादवको अध्यक्षतामा सम्पन्न भेलामा प्रमुख अतिथि एनेकपा माओवादीका केन्द्रिय सदस्य एवं जिल्ला संयोजक अशोक कुमार मण्डल रहनु भएको थियो ।
प्रमुख आतिथी मण्डलले मिडिया स्वतन्त्र हुनुपर्ने बताउँनुहुँदै यसलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिलेको अवस्थामा मिडियामा व्यापक राजनीतिक हस्तक्षेप भइरहेकोले यसप्रति सम्पूर्ण संचारकर्मी स्वतन्त्र रुपमा अगाडी बढ्नु पर्ने धारणा व्यक्त गर्नुभयो । 
यसैगरि सोही भेलामा क्रान्तिकारी पत्रकार संघका केन्द्रिय सचिवालय सदस्य एवं विशिष्ठ अतिथि देवराम यादवले मिडिया अहिले पनि राजनीतिक हस्तक्षेपको शिकार हुँदै गएकोमा दुःख व्यक्त गर्नुभयो । 
भेलामा मोफसल मिडिया सोसाइटीका पूर्वाञ्चल उपाध्यक्ष अनिलकुमार अनल, संघका पशुपति दास, प्रकाश गुप्ता, एनेकपा माओवादीका हिरण्य गुप्ता लगायतका वक्ताहरुले भेलाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । संघको बन्दसत्र जारि रहेको आयोजक समितिले जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट