News Category 2071/02/19

क्रान्तिकारीको अध्यक्षमा बनवारी

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, १८ जेठ । 
क्रान्तिकारी पत्रकार संघ सप्तरीको सम्पन्न तेश्रो जिल्ला भेलाको बन्द सत्रबाट महेन्द्रप्रसाद मण्डल “बनवारी” को नेतृत्वमा सर्वसम्मतिबाट ७ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।  समितिको उपाध्यक्षद्वयमा अमिरनारायण यादव र दिनानाथ यादव, सचिवमा भुपेन्द्र प्रसाद मण्डल, सहसचिवमा दिपेन्द्र यादव, कोषाध्यक्षमा पशुपति दास र सदस्यमा कृष्ण कुमार मण्डल चयन भएको एनेकपा माओवादी केन्द्रिय सदस्य तथा जिल्ला संयोजक अशोक कुमार मण्डलद्वारा आइतबार जारि विज्ञप्तिमा उल्लेख छ । 
सोही विज्ञप्तिमा विगतमा विभिन्न मिडियामा आएको समाचारप्रति ध्यान नदिई वर्तमान कार्यसमितिलाई सहयोग गर्न सम्बन्धीत सम्पूर्णसँग आग्रह गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट