News Category 2077/10/09

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते

दैनिक समाचारदाता

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते

दैनिक समाचारदाता
राजविराज, ९ माघ ।    
    सप्तरीको कंचनरूप नगरपालिका वडा नं. ११ ठेलीया टोलको बिहीबार राती नहरमा ट्याक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन ।  
    दक्षिणबाट उत्तर तर्फ आउदै गरेको प्रदेश नं.०२ –०१००१ त ००३२ नम्बरको ट्याक्टर आफै अनियन्त्रत भई नहरमा पल्टीदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । 
    ट्याक्टरमा सवार जिल्लाको कंचनरुप नगरपालिका ११ बस्ने १८ बर्षीय राम अशिष रामको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् । 
    त्यस्तै सो दुर्घटनामा ट्याक्टरमा सवार स्थानिय १६ बर्षीय कृष्ण साह, १७ बर्षीय बिशाल राम,  १७ बर्षीय सुनिल कुमार राम र अग्निसाईर कृष्णसावरण गाउपालिका वडा नं.२ मटिगढा बस्ने २१ बर्षीय मदन साह घाइते भएको इलाका प्रहरी कायलय कंचनपुरले जनाएको छ ।
    यता घाइते सबैको रुपनी गाउँपालिका रायपुरस्थित युनिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कायर्यलाय सप्तरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट