News Category 2077/10/09

२०७२ को संविधान असफल भयो, २०४७ कै लागु गरौं ः राजतन्त्र पक्षधर किशोरी महतो

दैनिक समाचारदाता

२०७२ को संविधान असफल भयो, २०४७ कै लागु गरौं ः राजतन्त्र पक्षधर किशोरी महतो

दैनिक समाचारदाता
राजविराज, ९ माघ । 
    २०४७ सालको संविधान पुर्नस्थपना अभियानका अध्यक्ष किशोरी महतोले २०७२ सालको संविधान असफल भएको भन्दै २०४७ सालकै संविधान लागु गर्न माग गरेका छन् । 
    शुक्रबार राजविराजमा सो अभियानद्वारा आयोजित पत्रकार सम्मेलनमा अभियानका अध्यक्ष महतोले गणतन्त्रसँगै २०७२ सालको संविधान पनि असफल भएको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमले प्रस्ट पारेको दाबी समेत गरे । 
    उनले धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रको अन्तय गरि संबैधानिक राजसंस्था र हिन्दु अधिराज्य कायम गर्न देशैभर अभियान चलाइएको जानकारी दिदै देशको वर्तमान अन्यौलपूर्ण अवस्थाले पनि पुष्टि गरेको भन्दै देशमा हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र स्थापना हुनु पर्नेमा जोड समेत दिए । 
    सोही पत्रकार सम्मेलनमा उनले अभियानकै क्रममा पूर्व श्री ५ वडामहारानी कोमल राज्यलक्ष्मी देवी शाहको शुभजन्मोत्सव एवं प्रजातन्त्र दिवस राजविराजको राजरंगशालामा भब्यताका साथ मनाउने निर्णय गरिएको जानकारी दिए ।      

प्रतिकृया दिनुहोस

ताजा अपडेट