News Category 2071/02/20

लघु वित्त बैंक प्रवद्र्धन गोष्ठी सम्पन्न

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, १९ जेठ । 
प्रस्तावित लघु बित्त बैंकका लागि सोमबार राजविराजमा आयोजित लघु वित्त बैंक प्रवद्र्धन गोष्ठी सम्पन्न भएको छ । 
“सप्तरी जिल्लाको समग्र आर्थिक, सामाजिक रुपान्तरणका लागि प्रस्तावित लघु बित्त बैंक” मूल नाराका साथ आयोजित गोष्ठिमा आमन्त्रित अतिथिहरुले जिल्लामा संचालित अन्य बैंकहरुको तुलनामा प्रस्तावित लघु बित्त बैंकले न्यूनतम ब्याज दरमा सरल रुपमा कर्जा प्रवाहा गरेमा जिल्लो वित्तिय क्षेत्रमा चमत्कारी रुपमा परिवर्तन आउने विश्वास व्यक्त गरेका छन् । 
जिल्लामा अहिलेको परिवेशमा अन्य धेरै वित्तिय संस्थाहरु संचालन रहेपनि उक्त बैंकहरुले हालसम्म सरल रुपमा कर्जा प्रवाह गर्न सकेका छैनन् भने गरिब किसानहरुलाई सानो कर्जा दिन हिच्किचाहट गरिरहेको आमन्त्रित अतिथिहरुले जनाएका छन् । 
लुघ बित्त बैंकको स्थापनाले ती गरिब किसानहरुलाई सरल रुपमा साना कर्जा लिन सुविधा हुने भन्दै यसका लागि सम्पूर्ण जिल्लावासीले बैंक स्थापनाका लागि पहल गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरिएको छ । 
लुघ बित्त बैंक प्रवद्र्धन समितिका सहसंयोजक भोलारमण उप्रेतीको अध्यक्षतामा आयोजित गोष्ठीको प्रमुख अतिथ्य मो. हासिम अन्सारीले गर्नु भएको थियो । सो गोष्ठीमा जिल्ला जनस्वाथ्य कार्यालयका प्रमुख बिजय कुमार झा, ई. इन्द्रनारायण देव, प्रधानाध्यापक कुमार पाठक, अधिवक्ता रामकुमार यादव, प्रवद्र्धन समितिका पंकज पोखरेल, ग्लोबल सहकारी संस्थाका अध्यक्ष सुखराम यादवलगायतले बैंक स्थापनाका लागि सकारात्मक पहल आवश्यक रहेको औल्याउनु भएको थियो । 
गोष्ठीको संचालन प्राध्यापक गिता सुवेदीले संचालन गर्नुभएको थियो भने स्वागत मन्तव्य रमला पोखरेलले गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट