News Category 2077/10/12

एक महिलासहित पाँच जना लागुऔषध  सेवनकर्ता र कारोवारी पक्राउ

दैनिक समाचारदाता

एक महिलासहित पाँच जना लागुऔषध  सेवनकर्ता र कारोवारी पक्राउ

दैनिक समाचारदाता
राजविराज, १२ माघ । 
    सप्तरीको डाक्नेश्वरी र सप्तकोशी नगरपालिका क्षेत्रबाट लागुऔषध कारोवारी र सेवनकर्ता एक महिलासहित पाँच जना पक्राउ परेका छन् । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार चेकजाचका क्रममा डाक्नेश्वरी नगरपालिका क्षेत्रमा प्रदेश–२–०३–००७प.७३१९ नम्बरको मोटरसाइकलमा सवार शम्भुनाथ नगरपालिका २ बस्ने २६ वर्षिय जिगेन्द्र साह र २० वर्षिय मो. सद्दाम लागुऔषधसहित पक्राउ परेका छन् । 
    उनीहरुको साथबाट प्रतिबन्धित नेट्राभेट ३ सय ६० थान र गाजा २० ग्राम बरामद गरिएको डिएसपी भुवनेश्वर साहले जानकारी दिए । 
    यस्तै सप्तकोशी नगरपालिका १ फत्तेपुरस्थित बसपार्क क्षेत्रबाट लागुऔषधसहित उदयपुरको त्रियुगा नगरपालिका १० बस्ने २१ वर्षिय निराजन रायमाझि र २७ वर्षिय बलराम दाहाल पक्राउ परेका छन् । 
    उनीहरुको साथबाट निप्रोभेट १५ थान, स्पास्कोम २४ थान, डायलिक्स डिसी ५ र ओसारपोसारमा प्रयोग गरिएको बा.४८प.२५१ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । उनीहरुकै बयानका आधारमा लागुऔषधका कारोबारी कंचनरुप नगरपालिका ८ बस्ने २५ वर्षिया बबिता राउतलाई पनि प्रहरीले पक्राउ गरेको छ । 
    राउतको घरबाट प्रहरीले नाइट्रसन ट्याब्लेट ४० थान, नाइट्राभेट ट्याब्लेट १५ थान, स्पामोप्रोक्सि ४० थान, डायल्याब ३ थान र लिजेसिक इन्जेक्सन ७ थानलगायतका प्रतिबन्धित लागुऔषध बरामद गरेको छ । 
    पक्राउ परेकाहरुलाई लागुऔषध मुद्दामा सोमबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट