News Category 2077/10/18

अटो रिक्साको ठक्करबाट एक  पैदलयात्रीको ज्यान गयो

दैनिक समाचारदाता

अटो रिक्साको ठक्करबाट एक  पैदलयात्रीको ज्यान गयो

दैनिक समाचारदाता
राजविराज, १८ माघ । 
    सप्तरीको कन्चनरुप नगरपालिका वडा नं. १० स्थित पुर्व पश्चिम राजमार्गमा शनिबार साँझ अटो रिक्साको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ । 
    उक्त सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स.१ह. ८३८ नम्बरको अटो रिक्साले पैदलयात्री जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १० निवासी ३६ वर्षिय इसराफिल अलीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यता ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीबाट खटीएको प्रहरी टोलीले अटो रिक्सा र चालक कंचनरुप नगरपालिका १० निवासी २१ वर्षिय ब्रहम देव पासवानलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । 
    यस्तै मृतक अलीको शवलाई पोष्टमार्टमका लागी राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट