News Category 2077/10/19

शिक्षा क्षेत्रको स्तरबृद्धिका लागि बिद्यालयमा मर्मत सम्भार र रंगरोगन

दैनिक समाचारदाता

शिक्षा क्षेत्रको स्तरबृद्धिका लागि बिद्यालयमा मर्मत सम्भार र रंगरोगन

दैनिक समाचारदाता
राजविराज, १९ माघ । 
    शिक्षा क्षेत्रलाई गुनस्तर बनाउने उद्देश्यले सप्तरीको सुरुङगा नगरपालिका वडा नं. ७ मा रहेको एउटा बिद्यालयमा सबल नेपालले मर्मत सम्भार र रंगरोगनको कार्य सम्पन्न गरेको छ  ।
    सेभ द चिल्ड्रेनको सहयोग तथा सबल नेपालको आयेजनामा गत बर्ष सन् २०२० मा त्यहाँ रहेका राष्ट्रिय आधारभुत बिद्यालय पोखरीया बसनपटीमा मर्मत सम्भार सहित पुरै बिद्यलयमा रंगरोगन सम्पन्न गरेको हो । 
    साथै बालबिकाससहित ७ वटा कक्षा कोठाहरुमा समेत प्लाष्टर तथा ढालानको कार्य सम्पन्न गरि मर्मत सम्भार गरिएको सबल नेपालका शिक्षा फिल्ड अधिकृत निरबहादुर आलेले जानकारी दिएका छन् ।
    उक्त बिद्यालयमा ७ लाख ५० हजार खर्च गरि बिद्यालयमा अपाङ मैत्री भ¥याङ, ३ वटा शौचालयको मर्मत सम्भार र रंगरोगनका साथै कक्षा कोठा ब्यवस्थापनका लागि बालबिकाशदेखि कक्षा ३ सम्म समेत मर्मत सम्भार गरिएको उनले बताए ।
    बालबिकाससहित कक्षा १ देखि ७ सम्म पुरै बिद्यालयमा रंगरोगन गरि बिद्यालय ब्यवस्थित गरिएपछि अहिले बिद्यार्थीहरु पढन आउदा खुशी भएको बिद्यालयका प्रअ उग्रनारायण चौधरीले बताए । 
    मर्मत सम्भारका कारण जीर्ण बन्दै गइरहेको बिद्यालयमा सबल नेपालले आफनो लगानी गरि मर्मत सम्भार गर्दा आफुहरु समेत खुशी भएको बताउदै ४ जनाको दरबन्दी रहेको बिद्यालयमा अहिले ३ जना शिक्षकले काम गरि रहेको बिद्यालयका प्रअ चौधरीको भनाई छ । 
    गत बर्ष शिक्षक उपेन्द्र चौधरी अवकाशपछि सो बिद्यालयमा एउटा दरबन्दी खाली भएको थियो । बालबिकास केन्द्रसहित कक्षा १ देखि ७ सम्म रहेको बिद्यालयमा जम्मा २०० बिद्यार्थी रहेका छन् । तीन वटा बालबिकस केन्द्रमा भने ३ जना महिला शिक्षिका समेत कार्यरत रहेको बिद्यालयले जनाएको छ । 
    सो बिद्यालयमा यसअघि बिभिन्न कार्यक्रमको आयोजना गरि शिक्षकहरुको लागि एकिकृत पाठेयक्रम सम्बन्धी तालिम समेत दिएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट