News Category 2077/10/19

संसद विघटन बिरुद्ध सप्तरी काँग्रेस सडकमा

दैनिक समाचारदाता

संसद विघटन बिरुद्ध सप्तरी काँग्रेस सडकमा

दैनिक समाचारदाता
राजविराज, १९ माघ । 
    प्रधानमन्त्री केपी शर्मा ओलीले असंबैधानिक कदम बिरुद्ध नेपाली काँग्रेस सप्तरीले सोमबार राजविराजमा बिरोध प्रदर्शन गरेको छ । 
    स्थानिय राजरंगशालाको खेलमैदानबाट निस्केको जुलुसमा सहभागिा नेता कार्यकर्ताले संसद विघटन बिरुद्ध चर्का नाराबाजी गरेका थिए ।  
    प्रदर्शनपछि नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादबको अध्यक्षतामा स्थानिय नेता चौकमा आयोजित सभामा प्रदेश सभा सदस्य गिता यादब, कंचनरूप नगरपालिका उपप्रमुख निरू पोखरेल, पुर्वसासंद तथा नेपाली काँग्रेस महासमिति सदस्य सकलदेव सुतिहार, नेपाली काँग्रेस सप्तरी सचिव रामकुमार यादब, काँग्रेस सप्तरी उपाध्यक्ष प्रभु नारायण चौधरी, यूवा नेता अर्जुन साह, सबिर आजम लगायतले सम्बोधन गर्दै आन्दोलनबाटै गलत कदम सच्याउन प्रधानमन्त्रीलाई बाध्य पार्ने चेतावनी दिए । 
    काँग्रेससहित सो पार्टीका भातृ संघसंगठनको संयुक्त अगुवाइमा प्रदर्शन गरिएको प्रदर्शनमा महिलाहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट