News Category 2077/10/21

बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दैनिक समाचारदाता

बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दैनिक समाचारदाता
राजविराज, २१ माघ । 
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित भारदह सडक खण्डमा बुधबार बिहान बोलेरोको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । 
    पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु.२५.प ५७१२ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को.१ज. ३१९९ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक मोरङको रंगेली नगरपालिका ८ बस्ने ३७ वर्षिय भिम राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
    यता जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले ठक्कर दिने गाडी र चालक धनकुट्टाको पाखरीवास नगरपालिका ४ बस्ने ३९ वर्षिय तोर्न निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको बताए । मृतकको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट