News Category 2077/10/22

सप्तरीमा बन्द शान्तिपूर्ण, जनजिवन कष्टकर

दैनिक समाचारदाता

सप्तरीमा बन्द शान्तिपूर्ण, जनजिवन कष्टकर

दैनिक समाचारदाता
राजविराज, २२ माघ । 
    सरकारले संविधानलाई वेवास्ता गर्दै संबैधानिक निकायहरुमा नियुक्ति गरेको बिरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षद्वारा बिहीबर आहवान गरेको आम हड्तालका कारण सप्तरीको जनजिवन पनि प्रभावित भएको छ । 
    बन्द आह्वानका कारण जिल्लाबाट लामो तथा छोटो दुरीका चल्ने यातायात संचालनमा आएनन् भने फाटफुट रुपमा मोटरसाइकल र सिटि रिक्सा गुडेका थिए । अधिकांश बजारहरु बन्द रहयो भने फाटफुट रुपमा खुलेका पसलहरु पनि प्रदर्शनकारीले बन्द गराएका थिए ।
    बन्दको प्रभाव पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको भारदह, कंचनपुर, शम्भुनाथ, कठौना, कल्याणपुर, कदमाहा लगायतका बजारमा देखिएको थियो । बिहानैदेखी सो सडकखण्डमा प्रदर्शनकारीहरुले टायर बालेर बिरोध प्रदर्शन गरेका थिए । 
    यता स्थानिय प्रशासनले कडा सुरक्षा व्यवस्था मिलाएपनि बिहानैदेखी बन्द सफल पार्न सडकमा निस्केका प्रचण्ड–नेपाल समूहका कार्यकर्ता सरकारबिरुद्ध चर्को नाराबाजी र प्रदर्शन गरिरहेका थिए । 
    आमहड्तालका क्रममा एम्बुलेन्स, पानी, दुध, तरकारी र संचारकर्मीको गाडीमा भने कुनै अवरोध गरिएन् । बन्द शान्तिपूर्ण रहेको र कोही कार्यकर्ता पक्राउ नपरेको नेकपा प्रचण्ड–नेपाल पक्षका जिल्ला अध्यक्ष अशोककुमार मण्डलले जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट