News Category 2077/10/23

एक सय ३८ असहायलाई कम्बल

दैनिक समाचारदाता

एक सय ३८ असहायलाई कम्बल

दैनिक समाचारदाता
राजविराज, २३ माघ । 
    राजविराज नगरपालिका वडा नं. ४ कार्यालयले शुक्रबार १ सय ३८ जना गरिब, असहाय, शारीरिक रुपमा असक्त तथा एकल महिलालाई कम्बल बितरण गरेको छ । 
    वडा कार्यालयको सहयोग तथा हनुमाननगर कंकालिनी नगरपालिकास्थित योगिनीमाई सामुदायिक विकास केन्द्र नेपालको आयोजनामा सो कम्बल बितरण गरिएको हो । 
    वडा स्तरिय मानविय क्षमता अभिबृद्धि तथा विपद व्यवस्थापन कार्यक्रम अन्तरगत वडाका १ सय ३८ जना गरिब, असहायलाई एक÷एक थानका दरले कम्बल बितरण गरिएको वडा अध्यक्ष मो. अख्तर बाबाले जानकारी दिएका छन् । 
    राजविराज नगरपालिका सामाजिक विकास कार्यक्रम अधिकृत अजय साहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वडा अध्यक्ष अख्तर बाबा लगायतले कम्बल बितरण गरेको वडा सचिव ओमप्रकाश साहले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट