News Category 2077/10/28

तिलाठीको दुई विद्यालयमा नयाँ भवन निर्माण हुदै 

दैनिक समाचारदाता

तिलाठीको दुई विद्यालयमा नयाँ भवन निर्माण हुदै 

दैनिक समाचारदाता
राजविराज, २८ माघ । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित दुई विद्यालयमा नयाँ भवन निर्माणका लागि बुधबार शिलान्यास गरिएको छ । 
    उक्त गाउँपालिकाको वडा नं. ४ स्थित राजेन्द्र देवकी माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि बुधबार जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शिलान्यास गरेका हुन् ।  
    एक करोड २५ लाख २७ हजार ९ सय ९६ रुँपैयाको लागतमा सो विद्यालयमा ६ कोठे दुई तल्ले भवन बन्ने र टेण्डर प्रक्रिया समेत अघि बढिसकेको गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिए । 
    यस्तै वडा नं. १ स्थित तिलाठी माविमा बन्ने ६ कोठे दुई तल्ले भवनको शिलान्यास भने बिहीबार अध्यक्ष यादवद्वारा नै शिलान्यास गरिने कार्यक्रम तय भएको अध्यक्ष सिंहले बताए । 
    अध्यक्ष यादवको पहलमा आफ्नो संसदीय निर्वाचन क्षेत्रको विकासका लागि स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत उक्त दुबै विद्यालयमा नयाँ भवन निर्माण हुन लागेको गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश झाले बताए । 
    सो अवसरमा प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साह, राष्ट्रियसभा सदस्य शेखर कुमार सिंहको पनि उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट