News Category 2077/10/29

सरस्वतीको मुर्तिलाई अन्तिम रुप दिइदै 

दैनिक समाचारदाता

सरस्वतीको मुर्तिलाई अन्तिम रुप दिइदै 

दैनिक समाचारदाता
राजविराज, २९ माघ । 
    सरस्वती पुजा नजिकिदै जाँदा राजविराजमा मुर्ति कलाकारहरुलाई भ्याइ नभ्याइ छ । 
    सरस्वती पूजा आउन ५ दिन बाँकी रहँदा सरस्वतीको मुर्ति बनाउन र अन्तिम रुप दिन कलाकारहरु व्यस्त देखिन्छन् ।
    राजबिराज ७ का धुरण सरदार माझीले अहिले सम्म ४९ वटा मात्र मुर्ति बनाउन सकेका छन । अर्डर भने दिनहु जसो आउने गरेको छ । मुर्तिको आकार र मिहिनेत हेरी २ हजार ५ सय देखी १५ हजार रुपैयाँ सम्मका सरस्वतीका मुर्ति बनाएका छन उनले । 
    त्यस्तै विष्णुपुर गाँउपालिका ६ का अर्का मुर्तिकार श्याम मुखियाले अर्डर धेरै आएको तर चिसोले गर्दा चाहे जति बनाउन नसकिएको बताए । माटो खरिद गर्नु पर्ने र मुर्तिलाई सजाउन प्रयोग गरिने रंगरोगन र सिंगारका सामान पनि महंगिएकाले यस पल्ट मुर्तिको लागत मुल्य बढी पर्न गएको मुखियाको भनाई छ ।
    बुद्धि ज्ञान र विद्याको रुपमा सारा विश्वमा आफ्नो कृपाले ज्ञानको प्रकाश फैलाउने सरस्वतीलाई श्री पञ्चमीका दिन विद्यार्थीले श्रद्धापूर्वक पूजा अर्चना गर्ने परम्परा रही आएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट