News Category 2077/10/29

फागुन १ देखी देशव्यापी रुपमा दलित मुक्ती जागरण अभियान 

दैनिक समाचारदाता

फागुन १ देखी देशव्यापी रुपमा दलित मुक्ती जागरण अभियान 

दैनिक समाचारदाता
राजविराज, २९ माघ । 
    देशव्यापी रुपमा बृहत राष्ट्रिय दलित मुक्ती जागरण अभियान फागुन १ गतेदेखी सुरु हुने भएको छ । 
    बिहीबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि अभियानका पूर्वी संयोजक राजेश विद्रोहीले सामाजिक न्याय, मुक्ती र विभेदविरुद्ध अभियान राजविराजस्थित रंगशाला मैदान र पश्चिमको दैलेख बजारबाट एकसाथ सुरु हुने जानकारी दिएका छन् । 
    दलित समुदायको सामाजिक, आर्थिक र राजनीतिक अवस्था अझै नफेरिएको भन्दै पत्रकार सम्मेलनमा संयोजक बिद्रोहीले पछिल्लो पटक ओली नेतृत्वको सरकारकै कार्यकालमा पनि दलित समुदायले धेरै अन्याय र अत्याचार सहनु परेकै हो, रुकुम र तराई मधेशका विभिन्न ठाउँमा भएको हत्याकाण्ड, दलितमाथि हिंसा, बलात्कारका घटना ष्स्बिढ्दै गएको बताए । 
    उनले भने, “पटक पटक आन्दोलन भए, आन्दोलनमा दलितसहित उत्पिडित समुदायले बलिदानी दिइरहे । तर, समस्या ज्युको त्युँ रहेको छ ।”
    सोही पत्रकार सम्मेलनमा राष्ट्रिय दलित मुक्ति जागरण अभियान, नेपाल (सप्तरी) ले फाल्गुन १ गते राजविराजमा आयोजना गर्न लागेको अभियानमा २५ हजारभन्दा बढीलाई सहभागी गराउने राष्ट्रिय दलित मुक्ति जागरण अभियान, नेपाल सप्तरीका संयोजक प्रथमलाल रामले जानकारी दिए । पत्रकार सम्मेलनमा अभियानका अगुवाहरु गंगा सदा, बद्री सदा लगायतको उपस्थिती थियो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट