News Category 2077/11/01

संसद विघटन मात्र नभएर संविधान नै  विघटन हुने खतरा बढ्यो ः वक्ताहरु

दैनिक समाचारदाता

संसद विघटन मात्र नभएर संविधान नै  विघटन हुने खतरा बढ्यो ः वक्ताहरु


    राजविराज÷प्रतिनिधिसभा विघटन मात्र नभएर संविधान नै विघटन हुने खतरा बढेको शनिबार राजविराजमा आयोजित एक कार्यक्रमका वक्ताहरुले आशंका व्यक्त गरेका छन् । 
    बुद्धिजिवि तथा पेशागत संगठन आन्दोलन संयोजन समिति सप्तरीद्वारा “संविधानमाथी आएको संकट” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले सो आशंका व्यक्त गरेका हुन् । 
    आयोजित अन्तरक्रियामा वक्ताहरुले संविधान अनुसार प्रतिनिधिसभा विघटन गर्न नसक्ने व्यवस्था भएपनि पार्टीको आन्तरिक विवादका कारण प्रधानमन्त्रीले स्वेच्छाले संसद विघटन गरेर संविधानको खिल्ली उडाएको आरोप लगाएका छन् । 
    विश्वकै उत्कृष्ट संविधान भनेर भाषण गर्ने प्रधानमन्त्रीले आफैले संविधानलाई मिचेर असंबैधानिक कदम चाल्नुले संविधानको उत्कृष्टताप्रति प्रश्न चिन्ह खडा गरेको बताए । मुलुकमा गणतन्त्र स्थापनादेखी संविधान जारि गर्ने बेलासम्म हजारौं नेपालीले दिएको बलिदानी पनि अहिले संसद विघटनका कारण ओझेलमा परेको उनीहरुको भनाई थियो । 
    बुद्धिजिवि तथा पेशागत संगठन आन्दोलन संयोजन समितिका संयोजक अनिलकुमार अनलको अध्यक्षता तथा वरिष्ट राजनीतिज्ञ खुशीलाल मण्डलको प्रमुख आतिथ्यमा आयोजित अन्तरक्रियामा प्राध्यापकहरु अमरकान्त झा, सुरेन्द्रप्रसाद गुप्ता, बुलबुल चौधरी, सेवानिवृत शिक्षिका मन्जु श्रेष्ठ, पूर्वप्रधानाध्यापक बिजयानन्द झा, भोगेन्द्र झा, अधिवक्ताहरु महेन्द्रप्रसाद देव, मनोज देव, रोहितलाल दासलगायतले बोल्दै प्रधानमन्त्रीको असंबैधानिक, अलोकतान्त्रिक कदमको बिरोध गर्दै सो कदम सच्याउन माग समेत गरे । 
    सोही कार्यक्रममा शिवनारायण परियारले कविता वाचन गरेका थिए भने कार्यक्तम अधिवक्ता भुपेन्द्र नारायण मण्डलले संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट